मेलम्ची खानेपानी भ्यागुताको धार्नी जस्तै भो : नेता खनाल

काठमाडौं – ने क पाका नेता झलनाथ खनालले मेलम्ची खानेपानी आयोजना भ्यागुताको धार्नी जस्तै  भएको बताएका छन् । नेता खनालले नेपालका राष्ट्रिय गौरवका कुनै पनि आयोजनाको प्रगति सन्तोषजनक नदेखिएको समेत दाबी गरेका छन् ।

मङ्गलबार सिंहदरबारमा बसेको संसदीय विकास तथा प्रविधि समिति बैठकमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । बैठकमा राष्ट्रिय सतर्कता कन्द्रका सचिव विष्णु ओम बादेले केन्द्रको कार्यसम्पादन पनि प्रस्तुत गरेका छन् ।

केन्द्रको प्रगति विवरणको प्रस्तुति सुनेपछि नेता खनालले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन् । “नेपालका कुनै पनि राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगति सन्तोषजनक देखिएको छैन,” नेता खनालले केन्द्रको ध्यानाकर्षण गराउँदै भने, “यस्ता आयोजनामा भएका भ्रष्टाचार र अनियमितता रोक्न केन्द्रले भूमिका खेलोस् ।”
बैठकमा सांसद राजेन्द्र लिङ्देनले मेलम्ची खानेपानीबाट ठेकेदार कम्पनी सीएमसी काम छोडेर भाग्नुमा मन्त्रालयको पनि त्रुटि रहेको बताए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *