संविधान संशोधन गर्न फोरमको माग: प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं– सत्ता सहयात्री दल संघीय समाजवादी फोरमले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराएको छ।

शनिबार बालुवाटारमा भएको नेकपा र फोरमका नेताहरुको भेटवार्तामा फोरमले आफ्ना पुराना माग सत्ताको नेतृत्वकर्ता दल नेकपालाई स्मरण गराएको हो।

प्रधानमन्त्रीलाई बुझाइएको स्मरणपत्रमा ११ बुँदे ध्यानाकर्षण गराइएको छ। 

संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरुलाई हल गर्न समेतका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा विधेयक पारित गराउन उसले भनेको छ।

बालुवाटारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए।

त्यस्तै, फोरमको तर्फबाट पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, महासचिव रामसहाय प्रसाद यादव र सचिव प्रकाश अधिकारी सहभागी थिए।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *