बाग्मती नदि सफा गर्न सबैको सहभागीता हुनुपर्दछ : मेयर सन्तोस चालिसे

जोरपाटी – मुहान देखी नै बाग्मती सफाइ अभियान भन्ने मुख्य नारा सहित गोकर्णेश्वर नगरपालिका ८ नम्बर वडा माकलबारीमा एक कार्यक्रम बिच सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि गोकर्नेश्वर नगरपालिका  मेेेयर सन्तोष चालिसे रहेका थिए ।

विशेष अतिथिमा ८ नम्बर वडाका अध्यक्ष मनोज कुमार ढुंगाना , जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेल , संगम टोल सुधार समितीका अध्यक्ष प्रकाश अधिकारि , लिबर्टी स्कुलका प्राचार्य ओम ढकाल , माकलबारी टोल सुधार समितीका अध्यक्ष  लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरपालिका का प्रमुख सन्तोष चालिसेले बाग्मती नदीको सफाइ मात्र पर्याप्त नहुने काठमाण्डूको ढल व्यवस्थापन र अन्य पूर्वाधार निर्माणका काम साथ साथै लैजानुपर्नेमा जोड दिएका छन् । बाग्मती नदिले धार्मिक सांस्कृतिक पक्षमा मात्रै होइन पर्यावरणीय महत्व समेत राख्दछ ।

नदिलाइ सफा सुन्दर हराभरा बनाउन हर हिसाबले नगरपालिका जुट्ट्नेछ उनले भने । यस्तो पबित्र अभियानमा आम नागरिकको सहभागीता हुनुपर्दछ । सबै क्षेत्रको सहकार्यमा बाग्मती कन्चन बग्ने बिस्वास ब्यक्त समेत गरे । 

यस्तै जया देवकोटा क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेलले बाग्मती हामी सबैको गौरव भएकाले सफा राख्नु पर्ने बताए।

बाग्मती सफाइ अभियान २९५ औँ हप्तामा पुगेको छ । पुग्दा विज्ञहरुले नदीको दीर्घकालीन सफाइका लागि पूर्वाधारहरु निर्माणको काममा तीव्रता दिन सरकारसँग माग गरेका छन्।

दुई सय ९४ हप्ता अघि शुरु भएको बाग्मती सफाइ अभियानमा सुरक्षा निकायले शुरुबाटै साथ दिँदै आएका छन्।   

प्रत्येक शनिबार बिहान बाग्मती नदीमा सुरक्षाकर्मी , विद्यार्थी , महिला समुह , टोल सुधार समिती र स्वयंसेवीहरु जम्मा भएर सफाइ अभियानमा भाग लिने गरेका छन्।

सफाइ अभियानले बाग्मती नदी र त्यसको किनार क्षेत्रलाई पहिलाभन्दा सफा सुग्घर बनाएको देखिन्छ। 

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *