प्रतिनिधिसभा सदस्यको सपथ लिँदै रेशम चौधरी, सपथ पछि आजै जेल जाने

काठमाडौं – प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको सपथग्रहण गरेलगत्तै रेशम चौधरीलाई पुनः डिल्लीबजार कारागार लगिने भएको छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि चौधरी निलम्बित सांसदका रुपमा जेलमै रहने बताएको छ।

‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ। निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने, ‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन्। संसद बैठकमा बस्न पाउँदैनन्।’

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि चौधरीलाई सपथग्रहण गरेपछि पुरानै पक्रयाअनुसार अघि बढ्ने बताइन्।  ‘पुरानै पक्रियाअनुसार हुन्छ। उहाँ सपथग्रहणपछि कारगार जानुहुन्छ’, उनले भनिन्।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ प्रतिनिधिसभाको सदस्य पक्राउ सम्बन्धी नियम छ। यो नियमको उपनियम ३ मा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा सदस्यको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *