प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत अनुमोदित

काठमाडौ – प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबरालाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले  जबरालाई नेपालको २८ औं प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन  गरेको हो।

यसअघि न्यायाधीश बन्दा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका सांसदले जबराको विपक्षमा मतदान गरेका थिए। प्रधानन्यायाधीशमा भने नेकपाका सबै सांसदले उनलाई समर्थन गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि जबराले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *