आफू मरेर पनि अरुलाइ संसार देखाउने हिरा

काठमाडौ – पछिल्लो समय विभिन्न कारणले आँखाको ज्योति गुमाएकाहरुका लागी मृत्युपश्चात नानी दान गर्ने संख्या बढ्दै गएको छ।

आज त्यही महान ब्यक्ति रोल्पा जिल्ला परिवर्तन गाउँपालिका साबिक राङ्कोट ५ का हिरा सिंह वि.क ले आफु मरेर पनि अरुलाइ संसार देखाउन आफ्नो आखा दान गरे ।  हिरा बिगत 3 बर्ष देखी बिरामी थिए महाराजगन्जमा रहेको टिचिङ हस्पिटलमा नियमित चेकजाच गरिरहेका हिराको नियमित चेक अप गर्दा पनि आफ्नो मृगौला फेल भएको ३ महिनाअघि मात्र थाहा भयो। किसान परिवारमा जन्मेका बि . क परिवारमा झनै ठुलो बज्रपात आयो,जेनतेेेन रिनदान गर्दै 3 बर्ष सम्म बिकको उपचार गर्दै आएका परिवारले केहि सोच्न सकेन ।

विगत ३ महिना देखी छोरा र श्रीमति सहित टिचिङ हस्पिटलमा डाइलोसिस गर्दै आएका विकको आर्थिक स्तिथी कमजोर भएकाले गाउपालिका सहित देश बिदेशमा रहेका नेपालीहरुले हिरासिङ बचाउ अभियान नै चलाए त्यसबाट  परिवारलाइ बचाउन सक्छौ भन्न्ने आशा पलायो । पछिल्लो चरण डाक्टरको सल्लाह अनुसार छोरा राकेशको मिर्गौला प्रत्यारोपण गर्ने सल्लाह भएको थियो, त्यसका लागि  जम्मा १० दिन मात्र बाकी थियो , तर दैबको खेल मिर्गौला प्रत्यारोपण गर्न नपाउदै विकको ४७ बर्षमा मृत्यु भयो ।

छोरा राकेश भन्छ्न अहिले सम्म २० लाख रुपैयाँ खर्च भयो,  सबैको साथ सहयोगले बुवालाइ सन्चो बनाएर गाउँ लैजाने दिन चाडै आउदैछ भनेर खुशी भएको थिए तर यो भगवानले पनि चोट माथि चोट दियो , उनले भाबुक हुदै भने ।

बिकको मृत्यु पछि पशुपति आर्यघाटमा पुर्ब खेलकुद मन्त्री दल्जित  श्रीपाली लगायतको उपस्थितिमा नेत्रदान गरियो । बुवाको इच्छा अनुसार आखा दान गरेको छोरा राकेशले बताए । उनको नानी ( Cornea) नेपाल आँखा बैंकमा दान गरिएको हो । आँखा दान को स्वीकृति पत्रमा उनको श्रीमति र छोरा राकेशले परिवारको तर्फबाट हस्ताक्षर गरेका छ्न । पुर्ब मन्त्री श्रीपालीले भने आफु मरेर पनि अरुलाइ उज्यालो दिएर जानु भयो महान ब्यक्ती हुनुहुन्छ। आँखा दान को स्वीकृति पत्रको साक्षीमा नेकपाका नेता तथा पुर्व खेलकुद मन्त्री दल्जित श्रीपाली र रोल्पा काठमाडौ मन्चका अध्यक्ष जिवन प्रवास रोका मगरले हस्ताक्षर गरेका छ्न । साथै आर्यघाटमा लाग्ने खर्च रोल्पा काठमाडौं मन्चले गरेको समेत मन्चका कोषाध्यक्ष जुना मगरले बताइन ।

मृतक हिरा सिंह को आजै पशुपति आर्यघाट मा अन्तिम दाह संस्कार गरि छोरा र श्रीमति रोल्पा फर्किएका छन् ।

नेपालमा अहिले सम्म आँखा दान गर्नेको संख्या ६० हजार दुइ सय ३४ पुगेको छ भने आँखा बैंकले ३० बर्षमा ८ हजार पाँच सय २८ नानी प्राप्त गरेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *