मन्त्रीहरूले दोहोरो सुविधा लिनु स्वभाविक : संचारमन्त्री बाँस्कोटा

काठमाडौं – सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अख्तियारीको दुरुपयोगप्रति सरकारले कुनै सम्झौता नगर्ने प्रतिवद्धता दोहोर्याएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले कुनै पनि मन्त्रीले अख्तियारीको दुरुपयोग गरेको प्रमाणित भए सरकारले त्यसमा सम्झौता नगर्ने बताएका हुन् ।
सरकारका मन्त्रीहरुले दोहोरो इन्धन सुविधा लिएको समाचार प्रकाशन भएपछि मन्त्री बास्कोटाले दोहोरो सुविधा लिएको र अख्तियारको दुरुपयोग गरेको प्रमाणित भए कारवाही गरिने बताएका हुन् । “दुरुपयोगप्रति सरकारको सम्झौता हुन सक्दैन । तथ्य, प्रमाण, व्यवहार, कानुनसम्वत ढंगले उठाएको कुरामा कतिपय यस्ता कुराहरु छन् वा रहेछन् भने तिनलाई हामी छलफल गरेर तत्काल सम्बोधन गर्छौ,” उनले भने । महँगीलगायत सरकारले उपलब्ध गराउने भत्ताको विषयमा पनि सम्बन्धित निकायबाट आधिकारीक जानकारी लिन उनले पत्रकारहरुलाई आग्रह गरे ।

त्यस्तै एक प्रसंगमा उनले मन्त्रीहरुले पाउने सुविधाको सम्बन्धमा केही वैकल्पिक व्यवस्था पनि हुन सक्ने भएकाले त्यसलाई सोही अनुसार बुझ्न आग्रहसमेत गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा अर्थमन्त्री युवराज खतिवडाबाहेक  २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई  गैरकानुनी रुपमा गाडी र इन्धन उपलब्ध गराईएको समाचार प्रकाशन भएपछि दोहोरो सुविधा लिएर मन्त्रीहरुले राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *