रौतहटमा दुई समुदायबीच झडप, प्रहरिद्वारा हवाई फायर र अश्रु ग्यास प्रहार

काठमाडौ – रौतहटमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीले हवाइ फयर र अश्रु ग्यास प्रहार गरेको छ । नगरुडा नगरपालिकामा दुई समुदाय बीच भएको झडपमा प्रहरीले १५ राउन्ड हवाई फायर र ३० राउन्ड अश्रु ग्यास प्राहार गरेको हो ।

गरुडा नगरपालिकाको वडान ८ का स्थानीय बिच भएको झडप नियन्त्रण गर्न प्रहरीले अश्रुल ग्यास र हवाई फायर गर्नु परेको हो । स्थानीय रघुनाथपुरका दुई गाउँले समूह बीच भएको झडप नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।

सो स्थानमा भएको झडप नियन्त्रणका लागि अहिले जिल्ला प्रहरी कार्यलय गौरबाट थप टोली पठाउने तयारी भइरहेको छ । घटनाको पूरा बिवरण आउन बाँकी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *