नेपाल आइडल सिजन –२, ग्राण्ड फिनालेको भव्य तयारी

काठमाडौं– एपीवान एचडीबाट प्रशारण हुँदै  आएको चर्चित रियालिटी शो नेपाल आइडल सिजन –२ को ग्राण्ड फिनालेको लागि भव्य तयारी थालिएको छ । फिनाले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा आगामी पुस ६ गते हुँदैछ ।

नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी पुगेका छन् । गत बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका हुन् ।

विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् ।  ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् । दर्शकबाट सर्वाधिक भोट पाउने नै दोस्रो नेपाल आइडल बन्नेछ । पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा बनेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *