नेपाली भाषा, कला र संस्कृतिको संरक्षण गर्नु नेपालीको कर्तव्य हो: उपराष्ट्रपति पुन

काठमाडाैं– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिन सबैलाई आह्वान गरेका छन्।

उपराष्ट्रपति पुनले नेपालको मौलिक भाषा, कला र संस्कृतिमाथि बाह्य प्रभाव बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे।

बुधबार काठमाडौंमा आयोजित कला र संस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले नेपालको मुख्य पहिचानको रुपमा रहेको भाषा, कला र संस्कृतिको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको पनि स्मरण गराए। उपराष्ट्रपति पुनले नेपालको कला र संस्कृतिको संरक्षण नभए नेपालनै नरहने अवस्था आउनेतर्फ पनि सचेत गराए।

उनले नेपालको कला र संस्कृति विश्वकै सम्पत्ति भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समूदायलाई पनि यसको संरक्षणका सहयोग गर्न अपिल गरे।

‘कला र संस्कृतिमा सबैको पहुँच, नेपाल’ ले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)लाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्धारा सम्मान गरिएको थियो।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *