देशभर चिसो बढ्यो, जुम्लामा माइनस चार डिग्री सेन्टिग्रेड

काठमाडौं – राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । केही स्थानको तापक्रम शून्यमै झरेको छ भने अधिकांश स्थानको न्यूनतम तापक्रम १० भन्दा कम छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौं उपत्यकाको तापक्रम बुधबार बिहान ४ डिग्री सेन्टिग्रेड मापन भएको छ । यसअघि शनिबार उपत्यकाको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो । शनिबारको तुलनामा तापक्रम केही बढे पनि खासै सुधार आएको छैन ।

जुम्लामा सबैभन्दा बढी चिसो छ । महाशाखाका अनुसार, यहाँको तापक्रम माइनस ४ डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै यहाँको जनजीवन प्रभावित भएको छ ।

जुम्लापछिको चिसो जोमसोममा छ । यहाँको न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ डिग्री छ । दिउँसोको समयमा अधिकतम ८ डिग्रीसम्म पुग्ने प्रक्षेपण महाशाखाले गरेको छ ।

जिरीको न्यूनतम तापक्रम माइनस ०.५ र अधिकतम १५ डिग्री सेन्टिग्रेडको वरिपरि छ । त्यसैगरी डडेल्धुरा र दीपायल पनि केही दिनदेखि चिसिएका छन् । यहाँको न्यूनतम तापक्रम क्रमशः ३.३ देखि ४.५ सम्म मापन भएको छ ।

देशभर चिसो बढिरहँदा धरान, विराटनगर, नेपालगञ्ज र सिमरामा भने केही न्यानो छ । महाशाखाका अनुसार, धरानको अहिले बिहानको  तापक्रम १५ डिग्री सेन्टिग्रेड छ । दिउँसो घाम लाग्ने भएकाले अधिकतम २८ डिग्रीसम्म पुग्ने प्रक्षेपण महाशाखाको छ । त्यसो त नेपालगञ्ज, विराटनगर र सिमराको न्यूनतम तापक्रम केही दिनदेखि १० र अधिकतम २०–२८ को वरिपरि छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *