बाघको छालासहित गोंगबुबाट दुई जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मंगलबार पक्राउ गरेको हो।

प्रभागका प्रमुख मोहनविक्रम केसीले पहेँलो रङको झोलाभित्र ८ फिट ८ इन्च लम्बाइ र दुई फिट चौडाइ भएको बाघको छालासहित गोँगबुस्थित नयाँ बसपार्कको आकाशे पुलबाट तामाङ र अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए।

दुवैलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *