पहिचान स्थापित गर्दै कान्छो जिल्ला ‘पुर्वी-रुकुम’

काठमाडाैं – रुकुमपूर्व पर्यटन साँस्कृतिक महोत्सव शुरु भएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले महोत्सव उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा प्रमुख अथिती उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल ,बिशेष अथिति प्रतिनिधि सभा सदस्य तथा  पुर्ब खेलकुद मन्ती कमला रोका लगायत अन्य राष्टिय सभा सदस्यको पनि उपस्थिति रहेको थियो।     रुकुम पूर्व सिस्ने गाउँपालिका–रुकुमकोट स्थित सहिद स्मृति रंगशालामा महोत्सव शुरु भएको हो ।
हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । नयाँ जिल्ला रुकुमपूर्वमा निकै ठूलो उत्सवका रुपमा महोत्सव शुरु गरिएको छ ।

चेम्बर अफ कमर्श रुकुमपूर्वको आयोजनामा महोत्सव शुरु भएको हो । महोत्सव संस्कृतिपय बनेको छ । उद्घाटनसँगै आज दिनभरि स्थानीय वनगारी, सिङ्गारु, पैसेरु, पञ्चेबाजा, मयुर, भूम्या, झा“क्री नाच लगायत रुकुम पूर्वमा गाइने तथा नाचिने सबै झाँकी पहिलो दिन प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवमा ४० स्टल बुकिङ भएका छन्

स्टलमा स्थानीय उत्पादनदेखि व्यापारीक सामग्री समेत राखिएको छ । महोत्सव पुस ५ गते सम्म चल्ने । पर्यटन, सस्कृति, जडिबुटी, उद्योग र व्यापारः रुकुमपूर्वको समृद्धिका मुल आधार भन्ने नारा सहित महोत्सव आयोजना गरिएको हो

देशको ७७ औं तथा कान्छो जिल्ला बनेपछि पहिलो पटक महोत्सव हुन लागेको हो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र साँस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव शुरु गरिएको हो

महोत्सवमा जिल्ला भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचारका लागि महोत्सव स्थलमा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिइने छ भने स्टलहरुमा पनि जिल्लाको पहिचान खुल्ने वस्तु राखिएको छ ।
मध्यपहाडी लोकमार्गको कारण जिल्ला आउन जान सजिलो भएकाले सकेसम्म धेरै जिल्ला बाहीरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ ।

छिमेकी जिल्लाहरु रुकुम पश्चिम, रोल्पा, बाग्लुङ, पोखरा, सल्यान, दाङ, जाजरकोट, काठमाण्डौं समेतबाट पर्यटकहरु आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *