बेलायतलाइ पछी पार्दै रुस बन्यो विश्वको दोस्रो हतियार उत्पादक

एजेन्सी – बेलायतलाई तेस्रो स्थानमा धकेल्दै रुसको हतियार उद्योग विश्वकै दोस्रो ठूलो बन्न पुगेको छ । ‘स्टकहल्म इन्टरनेस्नल पिस रिसर्च’ , सीप्रीले सार्वजानिक गरेको हतियार उत्पादक तथा सैन्य सेवा कम्पनीहरुको शिर्ष १०० को सूचीमा हतियारहरुको कूल विक्रीमा रुसले ९.५ प्रतिशत योगदान दिएको संचार माध्यम सिएनएनले जनाएको छ । यसमा अमेरिकाले भने ५७ प्रतिशत हतियार उत्पादन गर्दै पहिलो स्थान कायम राखेको छ । त्यस्तै बेलायत ९ प्रतिशत सहित तेस्रोमा रहेको छ । अमेरिकाको लकहिड मार्टिन कम्पनी विश्वकै सबैभन्दा ठूलो हतियार कम्पनी हो ।

सिप्रीको शिर्ष १०० को सूचीमा रुसका मात्र १० कम्पनीहरु रहेका छन् जसकारण पनि २०१७ मा हतियारहरुको कारोबार सामूहिक रुपमा ८.५ प्रतिशतले अर्थात ३७.७ अर्ब डलरले वृद्धि भएको बताइएको छ । वास्तवमा सन् २०११ देखि नै रुसमा हतियार कारोबार उल्लेखनीय रुपमा बढ्दै गएको पाइएको हो । सिप्रीका वरिष्ठ अनुसन्धानकर्ता सेइमन वेजमनले पत्रकार सम्मेलनमा उल्ल्ेख गर्दै भनेका छन्, ‘पछिल्लो समय रुसले हतियार आधुनिकीकरणको खर्च बढाएकाले नै यस्तो नतिजा देखिएको हो । ’ यसरी यी कम्पनीहरुको रुसी बजारमा कुनै प्रतिस्पर्धी नभएकाले पनि यिनीहरु पुटिनले वृद्धि गराएको सैन्य बजेटको फाइदा उठाउन सकिरहेको उनको भनाइ छ ।

अर्कोतर्फ हतियारको कारोबार विश्वव्यापी रुपमा सन् २००२ को तुलनामा अहिले ४४ प्रतिशतले वृद्धि भएको पाइएको छ जसबारे चाहिँ विश्वविद्हरुले चिन्ता व्यक्त गरेका हुन् । तरपनि यस डाटामा चिनियाँ कम्पनीहरु भने समावेश गरिएको छैन किनकी तिनीका डाटा बाहिरी संस्थालाई उपलब्ध गर्ने गराइएको छैन ।

त्यसैगरी बेलायतपछि ५.३ प्रतिशत हतियार उत्पादन गर्दै फ्रान्स तेस्रो स्थानमा छ भने त्यसपछि ट्रान्स युरोपियन र इटली रहेका छन् । त्यस्तै जापानले पनि २.२ प्रतिशत हतियार निर्माण गरेको छ र जर्मनीले २.१ । यता भारत पनि यस सूचीमा १.९ प्रतिशत सहित दशौँ स्थानमा रहेको छ भने दक्षिण कोरिया ११ औँमा परेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *