त्रि.वि. लाई मुठ्ठीभरका व्यक्तिहरुको लालच र हमला बाट बचाउनुपर्छ

पुष्कर शर्मा

अहिले मानव जिवनमा गाँस, बास र कपास जस्तै शिक्षा पनि अपरिहार्य बस्तु बनिसकेकाे छ । जव शिक्षा अाधारभूत आवश्यकता भयाेे त्यसपछि शिक्षाका हरेक अवयवहरु र शैक्षिक विकल्प हरुमाथि बहस हुन थाल्यो । नेपालकाे शैक्षिक इतिहासलाई हेर्दा निकै कहालीलाग्दो र कमजाेर भएपनि वर्तमानलाई केहि सकारात्मक रुपमा हेर्न सकिन्छ । जहाँ अहिलेको शिक्षाले कक्षाकोठा विद्यालय तथा विश्वविद्यालयमा मात्रै सिमित भएर बस्न समेत अप्ठ्यारो बनाइसकेको छ तर विश्व जगतकाे शैक्षिक इतिहासले तिव्र रूपमा फड्को मारिसक्दा पनि हाम्रो देश नेपालमा पुजीवादी शिक्षाले निकै मलजल का साथ जरो गाडेर बसिरहेको अवस्था छ ।

अहिले खासगरि देशमा २ प्रकारको शिक्षा प्रणाली प्रयोगमा छ । एउटा महंगाे शिक्षा जुन निजि विद्यालय, महाविद्यालयहरुले प्रदान गरिरहेका छन् भने अर्को गुणस्तरहीन र काम चलाउ शिक्षा जुन सामुदायिक विद्यालय र विश्वविद्यालय हरुले दिइरहेका छन् ।

देशलाई आवश्यक पर्ने नेता, राजनितिकर्मी, कलाकार, पत्रकार, डाक्टर, अहिलेको अवस्थामा मन्त्री, मुख्यमन्त्री देखि भि.सि रजिस्ट्रार, रेक्टर तथा शैक्षिक क्षेत्रको नेतृत्व गर्ने धेरै व्यक्तिहरु आज त्रीवी लाई कस्तो बनाउने भन्ने निर्णायक ठाउँमा छन्  तर आफ्नै उत्पादनले देश हाँकिरहँदा पनि विश्वविद्यालय आज दिनप्रतिदिन नाजुक अवस्थामा गुज्रीन बाध्य छ ।

नेपालकाे सबैभन्दा ठूलाे र पुरानाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हाे जसकाे स्थापना वि.सं. २०१६ सालमा भएको हाे जहाँ प्राध्यापक कर्मचारी हरु करिव १५००० भन्दा बढी छन् भने ६२ बटा आगिंक क्याम्पस र १०५३ सम्बन्धन प्राप्त क्याम्पसहरु छन् । शैक्षिक नेतृत्व गर्ने अग्रजहरुले देशमा उच्च शैक्षिक संस्थाको उदेश्य राखेर यो विश्वविद्यालयको स्थापना गरेकोमा कुनै दुइमत छैन पुर्वी मेचीदेखि सुदुर सम्मका विद्यार्थीहरुले गरेको मायाले प्रष्ट हुन्छ त्रिभुवन विश्वविद्यालयको महत्त्व र आकर्षण कति छ भनेर ।

हाल नेपालमा जे जति मानव संसाधनकाे बिकास भएको छ त्यसको करिव ८०% भन्दा बढी हिस्सा त्रिभुवन विश्वविद्यालयको रहेको छ देशलाई आवश्यक पर्ने नेता, राजनितिकर्मी, कलाकार, पत्रकार, डाक्टर, अहिलेको अवस्थामा मन्त्री, मुख्यमन्त्री देखि भि.सि रजिस्ट्रार, रेक्टर तथा शैक्षिक क्षेत्रको नेतृत्व गर्ने धेरै व्यक्तिहरु आज त्रीवी लाई कस्तो बनाउने भन्ने निर्णायक ठाउँमा छन् । देश हाकिरहेका छन् तर आफ्नै उत्पादनले देश हाँकिरहँदा पनि विश्वविद्यालय आज दिनप्रतिदिन नाजुक अवस्थामा गुज्रीन बाध्य छ । के कारणले गर्दा त्रिभुवन विश्वविद्यालयले समयानुकूल प्रगति गर्न सकिरहेको छैन ? यो अहिलेको मुख्य रहस्य र अनुसन्धानको विषय हो । साँच्चिकै त्रिभुवन विश्वविद्यालय लाई समाजवादी शिक्षाको आधार बनाउन अबको शैक्षिक बहस केन्द्रित गर्न जरुर छ ।

अाजपनि विद्यालय, विश्वविद्यालयहरु राजा महेन्द्रले स्थापना गरेको निर्दलिय पन्चायती व्यवस्थाको पक्षपोषण गर्ने उदेश्य सहित लागु भएको शिक्षा ऎन र नितिमा काम चलाउन पर्ने बाध्यता छ।

अाज पनि नेता मन्त्री, पत्रकार र विद्यार्थी संगठनका नेताहरुले त्रिभुवन विश्वविद्यालय लाई बेराेजगार उत्पादन गर्ने कारखाना भनेर चर्को भाषण र आलोचना गर्ने गर्छन् यो गलत हो संसारमा सबै विश्वविद्यालय हरुले योग्य र सक्षम व्यक्तिहरु नै उत्पादन गर्ने हो । त्रिभुवन विश्वविद्यालय ले उत्पादन गरेका जनशक्ति लाई रोजगार दिने र व्यवस्थापन गर्ने दायित्व नेपाल सरकारको हो ।

देश एकात्मक शासन प्रणाली बाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । देश नयाँ शासन व्यवस्थामा प्रवेश गरेको १२–१३ बर्ष भइसक्यो, सबै परिवर्तन भयो तर विश्वविद्यालय हिजो जुन अवस्थामा थियो आज पनि त्यस्तै छ अझै दिनप्रतिदिन निकम्मा बनिरहेको छ। अाजपनि विद्यालय, विश्वविद्यालयहरु राजा महेन्द्रले स्थापना गरेको निर्दलिय पन्चायती व्यवस्थाको पक्षपोषण गर्ने उदेश्य सहित लागु भएको शिक्षा ऎन र नितिमा काम चलाउन पर्ने बाध्यता छ । पन्चायत फाल्यौ, राजा ढाल्यौ, देशलाई नयाँ राज्य व्यवस्थामा ल्यायौ र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यौ अब देशले मुहार फेर्छ र देशमा नयाँ युग आयो भनेर ठुल्ठुला स्वरले चिच्याउने नेताहरूले शिक्षा क्षेत्रलाई अलिकति पनि विकास गर्न नसकेको अझ भनौं शिक्षा क्षेत्र यति दयनीय र कहालीलाग्दो स्थितिमा पुग्दा पनि मुग्दर्शक बनिरहेको कुरा जगजाहेर छ । अझैपनि सबै राजनीतिक दलहरू नयाँ शिक्षा नितिको लागि एक ठाउँमा आउन नसक्ने होभने शिक्षामा देश सयौं बर्ष पछाडि धकेलिने कुरा निश्चित छ ।

पछिल्लो समय विश्वविद्यालय सिमित व्यक्तिहरुको स्वार्थको चंगुलमा फसिरहेको छ । जहाँ अभाव, दबाब, त्रास र केहि व्यक्तिहरुको नियन्त्रण हुन्छ त्यहाँ शिक्षाको मुल फुट्न सक्दैन । हाे त्रिभुवन विश्वविद्यालय अाज त्यही अभाव, दबाब, त्रास र केहि व्यक्तिहरुकाे नियन्त्रणमा रहेकाे छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा शिक्षाको माध्यमबाट मात्रै देशलाई अघि बढाउन सकिन्छ आज हामीले हेर्ने हो भने संसारका सबै विकसित देशहरूको विकासको मुल आधार शिक्षा नै हो । उनिहरुले बार्षिक बजेटको २०% शिक्षा क्षेत्रमा लगानी गर्छन् तर हाम्रो देशमा शिक्षा क्षेत्रले १०% बजेट पाउन पनि मुस्किल छ । उच्च शिक्षामा त ज्यादै न्यून बजेट खर्च भएको देखिन्छ । उच्च शिक्षाले नै देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन र स्वरोजगार बनाउन सक्छ । अाज सरकारले उच्च शिक्षालाई वेवास्ता गर्नाले नै विश्वविद्यालय हरुमा दिनप्रतिदिन भद्रगोल सृजना भइरहेको छ ।

विश्वविद्यालयहरु मानव चेतना र ज्ञान प्रस्फुटन हुने स्थानहरु हुन् । ज्ञान र सिपकाे लागि अनुसन्धान, आविष्कार र प्रविधिको विकास गर्ने थलो हुन । तर पछिल्लो समय विश्वविद्यालय सिमित व्यक्तिहरुको स्वार्थको चंगुलमा फसिरहेको छ । जहाँ अभाव, दबाब, त्रास र केहि व्यक्तिहरुको नियन्त्रण हुन्छ त्यहाँ शिक्षाको मुल फुट्न सक्दैन । हाे त्रिभुवन विश्वविद्यालय अाज त्यही अभाव, दबाब, त्रास र केहि व्यक्तिहरुकाे नियन्त्रणमा रहेकाे छ । आफ्नो निहित स्वार्थ पुर्ति र राजनीतिक प्रतिशोधका कारणले विश्वविद्यालयको स्वतन्त्रता माथि हमला भइरहेको छ ।

विभागहरुको आफ्नै एउटा प्रयोगशाला र पुस्तकालय समेत छैन । यसरि कामचलाउ अवस्थामा सञ्चािलत केन्द्रिय विभागबाट विद्यार्थीहरुले कस्तो प्रकारको शिक्षाको अपेक्षा गर्ने ?

अाज त्रिभुवन विश्वविद्यालय लाई शिक्षा मन्त्रालयका कर्मचारीतन्त्र र केहि व्यक्तिहरुको लालचा र हमलाबाट बचाउनु आवश्यक छ । तसर्थ अर्को बहसमा छुटेको विषय विश्वविद्यालय स्वायत्त हुनुपर्छ तबमात्र त्रिभुवन विश्वविद्यालय लाई राजनीतिक पार्टी, सत्ता र तिनीहरुको संगठनबाट बचाउन सकिन्छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, उप-प्राध्यापक हरुले नेता र मन्त्रीहरुको गुलामी, राजनितिको झोला र झन्डा नबोकी विश्वविद्यालय र क्याम्पसको के कुरा गर्ने विभागीय प्रमुख हुने अवसर पनि पाउँदैनन् । यसरि राजनीतिक दबाब र अस्वस्थ प्रतिस्पर्धा बाट विश्वविद्यालयहरुकाे नेतृत्व मा पुगेकाहरुबाट विश्वविद्यालयलाई माया गर्ने जनताले कस्ताे अपेक्षा गनें ?

त्रिभुवन विश्वविद्यालय लाई बुझ्न् को लागि धेरै कष्ट गरिरहनु पर्दैन १५५ हेक्टरमा फैलिएको त्रिभुवन विश्वविद्यालय को नजरअन्दाज बल्खु गेटबाट सुरु हुन्छ । यसकाे यथार्थता र वास्तविकता कस्ताे छ भनेर जताततै फैलिएको प्लास्टिक, कागज र बाटोको स्तरले त्रिभुवन विश्वविद्यालयको परिचय माथि नै प्रश्नचिह्न उठाइरहेको छ । त्यहाँभित्र रहेकाे त्रि.वि. सेवा अायाेग पनि अस्तव्यस्त र भद्रगोल छ । देशकाे सबैभन्दा ठुलो र इतिहास बोकेको सरकारी विश्वविद्यालयको केन्द्रिय विभागहरु झनै दयनिय अवस्थामा सञ्चािलत छन् । सबै प्राध्यापन गर्नुपर्ने उपप्राध्यापक देखि प्राध्यापकहरु र विभागीय प्रमुख सबै अटाइ नअटाइ जबर्जस्ति एउटै कोठामा बस्नुपर्ने बाध्यता छ । विभागहरुको आफ्नै एउटा प्रयोगशाला र पुस्तकालय समेत छैन । यसरि कामचलाउ अवस्थामा सञ्चािलत केन्द्रिय विभागबाट विद्यार्थीहरुको कस्तो प्रकारको शिक्षाको अपेक्षा गर्ने ?

यो सबै भद्रगोल राजनितीको प्रतिफल हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, उप-प्राध्यापक हरुले नेता र मन्त्रीहरुको गुलामी, राजनितिको झोला र झन्डा नबोकी विश्वविद्यालय र क्याम्पसको के कुरा गर्ने विभागीय प्रमुख हुने अवसर पनि पाउँदैनन् । यसरि राजनीतिक दबाब र अस्वस्थ प्रतिस्पर्धा बाट विश्वविद्यालयहरुकाे नेतृत्व मा पुगेकाहरुबाट विश्वविद्यालयलाई माया गर्ने जनताले कस्ताे अपेक्षा गनें ? …………..

लेखक शर्मा अनेरास्ववियु (क्रान्तिकारी) का नेता हुन् 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *