दि भ्वाइस अफ नेपाल : यी हुन् आठ सेमिफाइनलिष्ट

काठमाडौं – सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ ।  उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् ।सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवारी र सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी बिजय अधिकारी र विवेक वाइवा लामा तथा टिम प्रमोद खरेलबाट सुशील गर्तौला र श्रिजे थपलिया र अभया सुब्बाबाट श्रेया राई र कुशल आचार्य छन् ।

शनिबार रातिको प्रस्तुतीका आधारमा दर्शकले गरेको भोटका कारण उनीहरु ८ मध्ये प्रत्येक टिमबाट एक एक जना गरि ४ जना फाइनलमा प्रवेश गर्नेछन् ।

उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका र पतिस्पर्धीको पफरमेन्सको निर्धारण हुँदै आएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *