सान्या– मेक्सिकोकी भेनेसा पोन्स यस वर्षको मिस वर्ल्ड घोषित भएकी छिन्। विश्वका १ सय २० प्रतिस्पर्धीलाई पछि पार्दै पोन्स वर्ष २०१८ की मिस वर्ल्ड घोषित भएकी हुन्।
अन्तिम ५ मा बेलारुस, थाइल्यान्ड, जमैका, मेक्सिको तथा युगान्डाका सुन्दरीहरु परेका थिए। जसमध्ये थाइल्यान्डकी निकोलिन लिम्सनुकन रनर अप घोषित भइन्।
नेपालका तर्फबाट मिस वर्ल्डमा सहभागिता जनाएकी शृंखला खतिवडाले अन्तिम १२ सम्मको यात्रा तय गरिन्।