मिस वर्ल्ड : शृङ्खला खतिवडा शिर्ष १२ बाट आउट

काठमाडौँ – मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ ।

चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।
तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *