अर्घाखाँचीमा पाँच बर्षिय बालिका बलात्कृत, एकजना पक्राउ

सन्धिखर्क – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं १३ मा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शितगंगा नगरपालिका वाड नम्बर १३ सिमलपानी  हिटनटोला निवासी पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  स्थानीय  ४० वर्षीय  देवबहादुर सुनाखरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिए ।

स्थानीय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने बालिका स्कुल सकिएपछि घर फर्किने क्रममा शीतगंगा नगरपालिका वडा नं १३ थाप्लेबारी भेँडामारे भन्ने स्थानमा बलात्कृत भएकी हुन् । ‘सधैँ ३ बजे घर आउने छोरी  बेलुकासम्म  घरमा नआएपाछि खोज्न गाउँतिर गयौँ । जाँदा  बाटोबाछ नानी रुँदै रुँदै घरतिर आउँदै गरेको भेट्यौँ । हामीले छोरीसँग सोधपुछ गरी शरीरमा हेर्दा छोरीको यौनीबाट रगत बगेको भेट्यौँ । त्यसपछि छोरीको बलात्कार भएको बुझी तत्काल प्रहरीलाई खबर गर्यौँ’ बालिकाको बुवाले बताए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको आशंकित व्यक्तिलाई पक्राउ गरी ईलाका प्रकरी कार्यलयमा ल्याई  थप अनुसन्धान गर्दा  देवबहादुरले नै  उक्त घटना घटाएको स्वीकार गरेको प्रनाउ मल्लले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयमा उपचार पश्चात पीडित बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।  घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी  थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *