काठमाडौंको रातोपुलमा गोलि चल्यो

काठमाडौं– काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ ।

सोमेन्द्रसिंह राठौरले दिएको जानकारी अनुसार लिम्बु इटहरीमा भएको डकौती सम्बन्धी घटनामा संलग्न थिए । उनी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएको व्यक्ति भएको राठौरले जनाए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *