पहिलोपटक मृत महिलाको गर्भाशय प्रत्यारोपणबाट बच्चा जन्मियो

एजेन्सी– ब्राजिलका डाक्टरले एउटा ठूलो सफलता हासिल गरेका छन् । मेडिकल इतिहासमा पहिलोपल्ट उनीहरु एक मृत महिलाको गर्भाशय प्रत्यारोपण गरेर बच्चा जन्माउन सफल भएका छन् । यसभन्दा पहिला पनि मृत महिलाको गर्भाशय प्रत्यारोपण गरेर बच्चा जन्माउने प्रयास भएको थियो तर सफलता हात परेको थिएन।

रोयटर्सका अनुसार उक्त रिसर्चको नेतृत्व गरिरहेका साओ पाउलो युनिभर्सिटीका डाक्टर डनी इजेनबर्गका अनुसार मृत महिलाको गर्भाशय प्रत्यारोपण सन् २०१६ सेप्टेम्बरमा गरिएको थियो । जुन महिलामा यो गर्भाशय प्रत्यारोपण गरिएको थियो, त्यो समय उनको उमेर ३२ वर्ष थियो । ती महिला ‘मेयर–रोकिटानस्की–कुस्टर–हाउसर सिन्ड्रोम’का कारण गर्भाशय बिहीन जन्मिकएकी थिइन्।

सन् २०१७ मै यसरी बच्चा जन्माउन डाक्टरहरु सफल भएपनि विश्व चर्चित मेडिकल जर्नल द ल्यानसेटमा यो भर्खरै प्रकाशित भएको हो।

उनका अनुसार डोनर (मृत महिला)को गर्भाशय भेन्ससँग जोडियो । आर्टरिज, लिगामेन्ट्स र भेजनाइनल क्यानलको पनि लिंक गरियो।

गर्भाशय दान दिने महिलाको मृत्यु हुँदा ४५ वर्षकी थिइन् । उनको मृत्यु हृदयाघातबाट भएको थियो । उनका तीन सन्तान थिए।

चेक गणरज्य, टर्की र अमेरिकामा मृत डोनरको गर्भाशय उपयोग गर्ने १० प्रयास असफल भइसकेका छन्।

डाक्टरका अनुसार यसरी सन्तान पाएकी महिला निकै खुशी छिन् । उनी आफूकहाँ आफ्नी छोरी देखाउन ल्याइरहन्छिन्।

गत वर्ष उनले छोरी पाएकी हुन् । डाक्टरका अनुसार गर्भाशय प्रत्यारोपणको पाँच महिना पछि नै महिलाका सवै टेस्ट सामान्य आइरहेका थिए । उनको अल्ट्रासाउन्ड नर्मल थियो र महिनावारी पनि समयमै भइरहेको थियो । त्यसपछि महिलाले पहिले नै फ्रिज गरिएको अण्डा प्रत्यारोपणको पाँच महिनामा इम्प्लान्ट गरिन् । त्यसको १० दिनमै उनको गर्भाधान पक्का भयो।

जिवित डोनरबाट प्राप्त गर्भाशयका माध्यामबाट सफलतापूर्वक बच्चा जन्माउने सफलता सन् २०१४मै स्वीडेनका डाक्टरलाई मिलेको थियो । त्यसपछि १० भन्दा बढी बच्चा यसरी जन्मिसकेका छन्।

सम्भावित जिवित दाताका तुलनामा गर्भाशय प्रत्यारोपण गरेर सन्तान जन्माउन चाहने महिलाको सँख्या बढी छ । त्यसैले चिकित्सक मृत महिलाको गर्भाशय प्रयोग गर्न कोशिसमा लागेका थिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *