इन्जिनियर प्रधानको नेतृत्वमा लोकतान्त्रिक प्यानल सार्वजनिक

काठमाडौं– नेपाल इन्जिनियर्स एसोसियसन (नेइए)को ३२ औं कार्यकारिणी समितिको निर्वाचनका लागि लोकतान्त्रिक समुहकातर्फबाट इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ ।

इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसनको ३२औं केन्द्रीय कार्यकारिणी निर्वाचनका लागि लोकतान्त्रिक समुहकातर्फबाट सर्वसम्मत प्यानल घोषणा भएको हो ।
सो समहुकातर्फबाट अध्यक्षमा प्रधान, उपाध्यक्षमा चण्डिका प्रसाद भट्ट, महासचिवमा अभिमन्यू लाल सिंह, उपमहासचिवमा अशोक कुमार शाह, कोषाध्यक्षमा अपील केसी र सहकोषाध्यक्षमा जानुका थापा रहेका छन् । त्यस्तै लोकतान्त्रिक समुहका तर्फबाट सदस्यहरुमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्य बहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, ज्योति मणि भट्टराई, भेषराम पोख्रेल, उमेश प्रसाद चौधरी, सुर्दशन भण्डारी र दिनेश अर्याल रहेका छन् ।
अध्यक्षका उम्मेदवार प्रधानले आफ्नो प्यानल स्पष्ट भिजनसहित चुनावमा आएको बताए ।

गुणस्तरीय इन्जिनियरिङ शिक्षालाई उच्च प्राथमिकता दिने बताउँदै अध्यक्षका उम्मेदवार प्रधानले भने, “इन्जिनियरिङ अध्ययन पूरा गरेकाहरुको रोजगारी तथा सेवारतहरुको सेवासुविधा वृद्धि र क्षमता अभिवृद्धि अभिवृद्धिलाई विशेष महत्व दिने र्छौं ।”

इन्जिनियर्स एसोसियसनको निर्वाचन मंसिर २८ गते हुँदैछ । जसमा देशभरका १७ हजार भन्दा बढी इन्जिनियरहरुले मतदान गर्नेछन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *