संसदीय समितिले  भन्यो : खानेपानी मन्त्री र सचिवले झुक्याए

काठमाडौं- खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो दुइ महिना   भित्र मेलम्चीको पानी काठमाडौंमा नआउने भएको छ। सतही व्याख्या र अनुमानभन्दा निर्माण प्रक्रिया भिन्न भएको प्रतिनिधिसभा अन्तर्गतको रास्टिय सरोकार तथा समन्वय समितिले गरेको स्थलगत अध्ययनको निचोड  छ ।

अध्ययनको  क्रममा तत्काल मेलम्चीको पानी काठमाडौं आउने संभावना नदेखिएको समितिकी सदस्य सांसद दील कुमारी रावल थापा बताइन्।

गत आईतबार बसेको  समितिको बैठकमा खानेपानी सचिव गजेन्लद्र कुमार ठाकुरले ६० दिन भित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए। उनले ६० दिन भित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंका घरमा पानी पुर्‍याउने दाबी गरेका थिए।

त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले दसैं अगाडि नै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेकी थिइन्।

मन्त्री र सचिवले आ-आफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको वास्तविकता भने भिन्न छ। मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी आउने अवस्था छैन,’ सांसद थापाले भनिन्। अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फिनिसिङ, २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडानलगायतका काम बाँकी रहेको देखिएको थियो।

बाँकी  काम कम्तीमा मार्च २०१९ अर्थात् २०७५ चैत सम्ममा सक्ने लक्ष्य आयोजनाले लिएको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *