गोकर्णेस्वर प्याब्सनको अध्यक्षमा सुवेदी निर्वाचित

काठमाडौ:  प्याब्सन नेपाल गोकर्णेश्वर नगर कमिटीको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मदन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको छ ।

शुक्रबार अत्तरखेलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुन दंगाल, सचिवमा रामप्रसाद बडाल, सह–सचिवमा मेनुका घिमिरे, कोषाध्यक्षमा सुदिप अधिकारी चयन गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमसः खगेन्द्र प्रसाद खरेल, दुर्गानाथ सिवाकोटी, नेत्र प्रसाद दाहाल, हरी लामा, पद्मा रिजाल र छेवाङ छेदर भुटीयालाई चयन गरेको छ ।

प्रमुख अतिथी प्याब्सन काठमाडौंका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले निजि विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रको शैक्षिक विकासका लागि महत्वपुर्ण योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रममा निजी विद्यालयले खेल्नुपर्ने भूमिका तथा प्याब्सनले अपनाउनुपर्ने रणनीति सम्बन्धमा काठमाडौं प्याब्सनका पुर्ब अध्यक्ष तथा बरिष्ठ सल्लाहकार गोपाल आचार्य लगायतका वक्ताहरुले आ–आफ्नो धारण राखेका थिए भने प्याब्सन उपत्यका प्रदेश प्रमुख थकिन गुरुङले प्याब्सन आफ्नो उद्देश्य अनुरुप अघि बढिरहेको समेत बताउनु भयो ।

नवनिर्वाचित अध्यक्ष मदन सुवेदीले नगरभित्र विद्यालय बीचमा सौहार्द वातावणको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्याब्सन आँफैँमा आन्दोलनको नाम भएकोले नीजि क्षेत्रको हक हितका लागि जस्तोसुकै संघर्ष गर्न पनि आफू पछि नहट्ने बताउनु भयो । सुवेदीले नीजि क्षेत्रका विद्यालयलाई कमजोर पार्ने प्रयास भईरहेको छ, यो हामीलाई मान्य हुदैन यसका लागी स्थानीय स्तर बाट नै हामी एक भएर जान्छौ ।

सुदर्शन थापाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं प्याब्सनका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख प्रेम राइले निजी बिध्यालयलाई सहयोगीकोरुपमा हैन राज्यले समस्याकोरुपमा लिइरहेको बताउदै अब राज्यले निजी विद्यालयको योगदानलाई कदर गरि देशको समृद्धिकालागी निजी विद्यालयसंग समन्वय गर्दै जानु पर्ने कुरामा जोड दिनु भयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *