शृंखला खतिवडा मिस वल्र्डको ‘फाइनल राउण्ड’मा

काठमाडौ:  मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।

आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् ।
मेस नेपालको ताज विजेतका रुपमा खतिवडाले मिस वल्र्डमा प्रतियोगिता जनाइरहेकी छन् । प्रतियोगिता चीनको सान्या शहरमा भइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *