कक्षा ११ को रजिस्ट्रेसन फारम मंसिर १९ सम्म थपियो

काठमाडौं–  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारम भर्ने समय पुनः थप गरेको छ। बोर्डले एक सूचना जारी गर्दै आगामी मंसिर १९ सम्मका लागि रजिस्ट्रेसन आवेदन फाराम भर्ने म्याद थपेको हो।

निर्धारित समयमा धेरै विद्यार्थीको फाराम भर्न छुटेको भन्ने गुनासो आएपछि फारम भर्ने म्याद पुनः थप गरिएको बोर्डले जनाएको छ।

शैक्षिक सत्र २०७५/०७६ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले शैक्षिक कार्यतालिकानुरुप गत असोज २१ गतेसम्म विलम्ब शुल्करहित प्रति विद्यार्थी ८ सय रुपैयाँका दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी उक्त बैंक भौचरसहित रजिस्ट्रेसन बोर्डका सम्बन्धित शाखा कार्यालयमा रसिद काटी बुझाउन सूचना गरेको थियो।

उक्त समयमा फारम भर्न छुट भएका विद्यालय र विद्यार्थीका लागि बोर्डको यही मङ्सिर १२ गतेको निर्णयानुसार बिलम्व शुल्क प्रतिविद्यार्थी ८ सय रुपैयाँसहित हुने रकम बोर्डका नाममा जम्मा गरेको भौचर र रजिस्ट्रेसन आवेदन फारम यही मङ्सिर १९ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयमा बुझाउनु पर्नेछ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *