सर्‍याे मेलम्चीको पानी आउने भाका

काठमाडौं– काठमाडौंमा मेलम्चीको पानी आउने भाका अरू दुई महिना पछि धकेलिएको छ।  संघीय संसदको विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाले अझै केही समय मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिने जानकारी गराएको हो।

फिनिसिङ, पाइप जडान लगायतका काम बाँकी नै रहेको जानकारी गराउँदै आयोजनाले त्यसका लागि थप समय आवश्यक पर्ने बताएको हो। यसअघि आगामी पुसभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा सरकारले गरेको थियो। मेलम्चीको पानी ल्याउने भाका सरकारले आधा दर्जनभन्दा बढी पटक सारिसकेको छ।

समितिको बैठकमा बोल्दै समितिका प्रमुख सूर्यराज कँडेलले सुरुङको अन्तिम ‘फिनिसिङ’, भेन्टिलेसन साफ्ट निर्माण, हाइड्रोमेकानिकल जडान, सप्लाइ पाइप जडान, ‘इन्ट्रयुमेन्टल जडान’, परिक्षण तथा सञ्चालन, हेडवक्र्सको प्रमुख संरचना लगायतका काम बाँकी नै रहेको बताए।

कार्यालयका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ९६ दशमलव ३ प्रतिशत पुगिसकेको छ। निर्माण व्यवसायीको नगद परिचालनको समस्या, निर्माण उपकरणको अपर्याप्तता, प्रवेशमार्ग निर्माण हुन नसकेको, हाइड्रोमेकानिकल उपकरण आयातमा भएको ढिलाइ, ‘इन्ट्रुमेन्टेसन’को डिजाइन नभएको, ‘टेस्टिङ कमिसनिङ प्लान’ नभएको र ‘डिफेक्ट रेक्टिफिकेसन प्लान’ नभएका कारण निर्धारित समयमा आयोजना सम्पन्न गर्न समस्या भएको आयोजनाको भनाइ छ।

नगद प्रवाह लगायतका निर्माण व्यवसायीका समस्या, निर्माण प्रभावित क्षेत्रका बासिन्दाको माग, आयोजनाका लागि आवश्यक पूर्वाधारको हस्तान्तरण र सञ्चालन र आवश्यक उपकरण आयातमा सहजीकरण गर्न उच्चस्तरीय पहल आवश्यक देखिएको आयोजनाले बताएको छ।

आर्थिक वर्ष २०५५/५६ देखि सुरु भएको मेलम्ची आयोजनाका लागि हालसम्म ३ अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *