नेपाललाई धार्मिक तथा सांस्कृतिक युद्धतर्फ धकेल्न खोजियो: पशुपतिशमशेर

काठमाडौं:  राप्रपा (प्रजातान्त्रिक) ले देशलाई धार्मिक तथा सांस्कृतिक युद्धतर्फ धकेल्न सरकार उद्यत् रहेको टिप्पणी गरेको छ ।

जलवायु परिवर्तनको एजेण्डा देखाएर सरकारले कि्रश्चियनको सम्मेलन गरेको भन्दै राप्रपा (प्रजातान्त्रिक)ले ध्यानाकर्षण भएको जनाएको छ ।

‘दश वर्षे सशस्त्र द्वन्द्वको घाउका खाटा बसिनसकेको अवस्थामा वर्तमान कम्युनिष्ट सरकार देशलाई पुनः अर्को दीर्घकालीन धार्मिक एवं साँस्कृतिक द्वन्द्वको कहाली लाग्दो सुरुङ तर्फ धकेल्न उद्यत् रहेको र एशिया प्यासिफिक समिट यसैको सजीव उदाहरण रहेको हाम्रो पार्टीको ठम्याइ छ ।’ पार्टी अध्यक्ष पशुपति शमशेर जबराले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख  छ ।

नेपाललाई जवर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फँसाउने वाहृय शक्तिहरुको दीर्घकालीन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको आरोप राप्रपा (प्रजातान्त्रिक) को छ ।

राप्रपाले जारी गरेको प्रेस विज्ञप्ति

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *