प्रधानमन्त्री ओलिलाइ काउन्टर: सरकार भेटियो न्याय भेटिएन

काठमाडौं:  सरकारद्वारा सार्वजनिक सामाजिक सुरक्षा कार्यक्रमले गाउँ–शहरदेखि सामाजिक सञ्जालसम्मलाई मंसिरको चिसोमा पनि तताइरहेको छ ।

कार्यक्रम राम्रो भए पनि भड्किलो भएको, बलात्कारपीडितले न्याय नपाइरहेका बेला पोल–पोलमा सरकार भेटिएको भन्दै सरकारप्रति व्यंग्यका वर्षा भइरहेका छन् ।

नकारात्मक प्रतिक्रियाहरुको भेल लागेपछि प्रधानमन्त्री स्वयं नै प्रतिरक्षामा उत्रिए पनि सवाल–जवाफ रोकिएको छैन । बरु, यो नयाँ कलेबरमा देखापरेको छ ।

यही सिलसिलामा सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा पोस्ट टाँसिएको हो ।

पोस्टर स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्च गरेर टाँसेका हुन् ।

युवाहरुको यो समूहले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको गाडी खरिदका लागि भन्दै भीखसमेत मागेको थियो ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारी तबरबाट हत्याको छानबिनका लागि गठिन समितिहरु समेत बेकामे बनेपछि यसको चर्को आलोचना हुँदै आइरहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *