जनताको सत्ता ल्याउन संघर्ष आवश्यक छ: मोहन वैद्य

काठमाडौं: नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले जनताको सत्ता ल्याउन संघर्ष गर्नुपरेको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई बुधबार बुटवलमा सम्बोधन गर्दै वैद्यले राज्यसत्ता नै दलालहरूले चलाएकाले संघर्ष गर्नुपर्ने बताएका हुन् ।

पार्टी संगठनलाई मजबुत बनाउँदै आगामी दिनमा संघर्षका कार्यक्रम अगाडि बढाउने उनले बताए । ‘राष्ट्रियता, जनतन्त्र, जनजीविकाका मुद्दा लिएर आन्दोलन गर्छौं ।’ वैद्यले भने, ‘जनतालाई साथमा लिएर सडक संघर्ष गर्छौं ।’ विचार मिल्ने क्रान्तिकारी शक्तिहरू ध्रुवीकरण हुँदै संर्घषमा जानुपर्नेमा उनको जोड छ ।

वर्तमान सरकारले समृद्धिको नारा दिए पनि देश झनझन उधोगतितिर लागेको वैद्यको दाबी छ । सरकारले जनजीविकाको सम्बोधन, शान्ति सुव्यवस्था कायम, राष्ट्रियताको जगेर्ना, महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको उनको जिकिर छ ।

‘बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएका छन्, सामाजिक असुरक्षा बढ्दै गएको छ ।’ वैद्यको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य वसन्त बोगटीले भने, ‘महिला दिदीबहिनी बाहिर हिँड्नै नसक्ने अवस्था हुँदा पनि राज्यले सुरक्षा दिन सकेन ।’

नेपाली भूमि मिचिँदासमेत सरकार मौन बसेको आरोप वैद्यको छ । बैठकमा पार्टीका आगामी कार्यक्रम र संगठन सुदृढीकरणलगायतका विषयमा छलफल हुने बोगटीले बताए । बैठक १८ मंसिरसम्म चल्नेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *