बार्सिलोना समुह विजेता, एट्लेटिको म्याड्रीड र डर्टमन्ड अन्तिम १६ मा

एजेन्सी– युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी क्लब बार्सिलोना समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ।

यसअघि नै अन्तिम १६ मा पुगेको बार्सिलोनाले समूह ‘बी’ को विजेता बन्ने क्रममा बुधबार राति भएको खेलमा पिएसभीलाई २–१ गोलले हरायो। बार्सिलोनाका लागि लिओनल मेसीले खेलको ६१ र जेरार्ड पिकेले ७० मिनेटमा गोल गरेका थिए। ८२ मिनेटमा पिएसभीका डे जोङले गोल गरे पनि त्यो सान्त्वनामै सीमित बन्यो।

यो समूहको अर्को खेलमा टोटनह्यामले इन्टर मिलानलाई १–० गोलले हरायो। टोटनह्यामको जितमा इरिक्सनले ८० मिनेटमा गोल गरे।

समूहको अन्तिम खेलअघि बार्सिलोनाले ५ खेलबाट १३ अंक जोडेको छ। टोटनह्याम र इन्टरको ७–७ अंक छ। १ अंक जोडेको पिएसभी भने बाहिरिएको छ। अब इन्टर र टोटनह्याम मध्ये १ टिम अन्तिम १६ मा पुग्नेछन्।

यता समूह ‘ए’ बाट स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमुन्ड अन्तिम १६ मा पुगेका छन्।

एट्लेटिकोले बुधबार भएको खेलमा मोनाकोलाई २–० गोलले हरायो। उसका लागि कोकेले २ र ग्रिजम्यानले २४ मिनेटमा गोल गरे।

यो समूहको अर्को खेलमा डर्टमुन्डले क्लब वर्गसँग गोलरहित बराबरी खेल्यो। समूहको अन्तिम खेलअघि एट्लेटिकोले १२ र डर्टमुन्डले १० अंक जोडेका छन। ५ अंक जोडेको वर्ग र १ अंक जोडेको मोनाको भने बाहिरिएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *