भारतद्वारा पाकिस्तानको निम्तो अस्विकार सार्क सम्मेलनमा सहभागी नहुने

नयाँदिल्ली : भारतले पाकिस्तानबाट सार्क सम्मेलनमा सहभागी हुन दिएको निम्ता अस्विकार गरिदिएको छ। नरेन्द्र मोदीको सरकारले पाकिस्तानले सार्क सम्मेलनमा आउन दिएको निम्तालाई लत्याउँदै तनाव जारी रहेको संकेत गरेको हो । मंगलवार मात्रै पाक विदेश मन्त्रालयले सम्मेलनमा भाग लिनका लागि भारतलाई निम्ता पठाएको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमले विदेश मन्त्रालयका प्रवक्ता डाक्टर मोहम्मद फैसललाई उद्धृत गर्दै पाकिस्तानको तर्फबाट प्रधानमन्त्री मोदीलाई सार्क सम्मेलनमा सहभागी हुन निम्तो गरिएको बताएका थिए ।

सन् २०१६ मा काश्मिरको उरीमा भएको आतंकवादी हमलापछि पाकिस्तानमा हुने तय सार्क सम्मेलनको भारतले बहिष्कार गरेको थियो । यस्तोमा पाकिस्तान अझै पनि यो सम्मेलनमा सफलतापूर्वक गराउन निरन्तर प्रयास गरिरहेको छ।

सार्क सम्मेलनको मिति भने सबै आठै सदस्य राष्ट्रबीचको सहमतिमा टुंगो गर्ने चलन छ । मिति तय भइसकेपछि सदस्य राष्ट्रलाई आयोजक राष्ट्रले औपचारिक निम्तो पठाउने गर्छन् । एक वरिष्ठ भारतीय सरकारी अधिकारीले टाइम्स अफ इन्डियालाई बताए अनुसार भारत सार्क सम्मेलनको कुनै विशिष्ट अतिथि नभएकाले पाकिस्तानले विशेष निमन्त्रणा पठाइरहनुपर्ने जरुरी पनि छैन ।

भारत सार्कको एक अभिन्न सदस्य हो । सबै सदस्य राष्ट्रको सहमतिमा सार्कको मिति तोकिने गरिए पनि पाकिस्तानमा हुने सम्मेलनको मिति भने भारतको आपत्तिका कारण तोकिन सकेको छैन।  पाकिस्तानका उच्चस्तरीय सूत्रलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार दुई देशबीचको सम्बन्ध यही अवस्थामा रहिरहेमा सम्मेलन तत्काल हुने अवस्था पनि छैन ।

राजनीतिक विश्लेषकका अनुसार पाकिस्तानमा सार्क सम्मेलन तत्काल हुने अवस्था पनि छैन । अहिले बंगलादेशमा चुनावको हलचल तीब्र भएको छ भने श्रीलंकामा राजनीतिक संकट झनै गहिरिएको छ । यस्तो प्रतिकूल अवस्थामा दुवै देशले तत्काल सम्मेलनका लागि सहमति दिन सक्ने सम्भावना न्यून छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *