के गर्दैछन् कर्णालीमा उपराष्ट्रपति पुन ? (फोटो फिचर)

काठमाडौं- ‘कर्णाली रारा पर्यटन वर्ष-२०७५’ चल्दै गर्दा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा उपराष्ट्रपति नन्दबहादुर पुनले शे–फोक्सुण्डो र रारा लगायतका पर्यटकीय क्षेत्र प्रवर्द्धन कार्यक्रममा भाग लिएका छन्।

दुई दिने कर्णाली भ्रमणको क्रममा विभिन्न कार्यक्रमलाई संबोधन गर्दै कर्णालीको समृद्धिको लागि पर्यटन प्रवद्धर्न गर्नुपर्ने उनले बताए। उपराष्ट्रपति पुनले बुधबार बिहान डोल्पाको शे–फोक्सुण्डो तालको किनारामा आयोजित शे–फोक्सुण्डो पर्यटन प्रवर्द्धन कार्यक्रममा सम्बोधन गरेका थिए।

कार्यक्रममा उनले शे–फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपिल गरे। ‘कर्णाली गरिब होइन धनी प्रदेश हो। अाजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो’, उनले भने, ‘कर्णाली धनी छ। स्वर्गको परी जस्तो शे–फोक्सोण्डो यहीं छ। सबैसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ।’

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रवर्द्धन हुने बताए। ‘अब कर्णालीलाई सबैले चिन्नेछन्। सबैको ध्यान कर्णालीमा केन्द्रित हुनेछ।’ उनले भने, ‘कर्णालीलाई धेरैले पिछडिएको र गरिब प्रदेश भनेर चिन्छन्, तर अब हामी पर्यटन विकासका माध्यमबाट कर्णालीलाई समृद्ध बनाउन चाहन्छौं।’

कर्णाली भ्रमणको क्रममा मंगलबार साँझ मुगुको रारामा नेपाी सेनाको व्यारेकमा बसेका उपराष्ट्रपति पुनले अपरान्ह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी र त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन गरेका थिए।

उपराष्ट्रपतिको भ्रमण टोलीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशका कानून तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिं बुढा सहभागी थिए।

कर्णाली भ्रमणको क्रममा बुधबार विहान शे–फोक्सुण्डोको जललाई शीरमा चढाएका उपराष्ट्रपति शे–फोक्सुण्डो र राराको जल लिएर काठमाडौं फर्किएका छन् । उनी कर्णाली प्रदेशको भ्रमणको लागि मंगलबार विहान जुम्ला प्रस्थान गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *