रियल मड्रीड च्याम्पियन्स लिगको प्री- क्वाटरफाइनलमा

काठमाडौं: स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इटालियन क्लब रोमालाई उसैको घरेलु भूमिमा २–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो । रियलको जितमा ग्यारेथ बेल र लुकास भास्क्वेजले गोल गरेका थिए ।

रियलले पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सक्यो । बेलले खेलको ४७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५९ औं मिनेटमा भास्क्वेजले गोल गर्दै रियललाई दोब्बर अग्रता दिलवाएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि रियलले रोमालाई २–० गोलअन्तरले पराजित गर्न सफल भएको हो ।

रियलले पाँच खेलबाट १२ अंक बनाएर शीर्ष स्थानमा कायम गर्दै नकआउट चरण प्रवेश गरेको हो । यता, पराजित रोमा पनि नकआउट चरणमा प्रवेश गरेको छ । समूह जी कै अर्को खेलमा भिक्टोरिया प्लेजेनले सीएसकेए मस्कोलाई २–१ गोलअन्तरले पराजित गरेसँगै रोमा दोस्रो स्थानमा रहदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । रोमाको ९ अंक रहदा च्याम्पियन्स लिगबाट बाहिरी सकेका प्लेजेन र मस्कोको समान ४–४ अंक रहेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *