विवादित संस्थालाई बजेट दिइएको बिरोधमा माइतीघरमा नागरिक मंचको प्रदर्शन

काठमाडाैँः सरकारको पछिल्लो कदमको विरोधमा नागरिक मन्चले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । सरकारले धर्म प्रचारक संस्थाका रुपमा विवादीत संस्था युनिभर्सल पीस फेडेरेसनको मुख्य आयोजनामा हुन लागेको ‘एसिया प्यासिफिक समिट’ का लागि २ करोड विनियोजन गरिसकेको छ । जनताको करबाट संकलित राज्यकोषको ढुकुटी त्यसरी आयएनजीओको कार्यक्रममा दिइएको भन्दै सो रकम तत्काल फिर्ता गर्न पनि नागरिक मञ्चले माग गरेको छ ।

बैदेशिक हस्तक्षेप बढेको, सरकारले विवादास्पद आइएनजीओको कार्यक्रममा सघाएको र सो कार्यक्रमको लागि २ करोड विनियोजन भएकोमा आपत्ती जनाएको हो । नागरिक मन्चका अध्यक्ष राजु सुनारले देशमा बैदेशिक चलखेल बढेको भन्दै आफूहरु विरोधमा उत्रिएको बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *