दीपनगर टोल सुधारको साधारणसभा सम्पन्न

काठमाडौं, ८ मङ्सिर। कोटेश्वरको दीपनगर टोल सुधार समितिको १६ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको व्यवस्थापिका–संसदको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
साधारण सभाको उद्घाटन गर्दै प्रमूख अतिथि श्रेष्ठले टोल–टोलको विकासले नै राष्ट्र समृद्ध बन्ने बताइन् । श्रेष्ठले भनिन्, ‘दीपनगर टोलको विकासका लागि तपाईहरुले जुन मेहेनत गर्नुभएको छ, यो प्रशंसायोग्य छ । खानेपानी, सडक, विद्युत, सरसफाई, सामाजिक सहयोग लगायतका क्षेत्रमा तपाईहरुले गरेको कामले देश विकासलाई सहयोग पुगेको छ । समृद्धि त्यसै आउँदैन, टोल–टोल समृद्धि हुँदै जाँदा देश पनि समृद्ध बन्छ ।’
साधारण सभामा काठमाडौं महानगर, ३२ नम्वर वडाका वडाध्यक्ष नवराज पराजुलीले ‘दीपनगरको विकासका लागि वडा कार्यालय साथमा रहेको’ बताए । कार्यक्रममा पूर्वअध्यक्ष हंशराज वाग्ले, नानीकाजी सिलवाल, संस्थाका अध्यक्ष विष्णु भण्डारी लगायतका वक्ताहरुले बोलेका थिए ।
साधारण सभामा समितिका सचिव पिताम्वर भण्डारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने समितिकी कोषाध्यक्ष नेत्रकुमारी वाग्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
१६ औं साधारण सभाको सन्दर्भमा पारेर समितिले दीपनगर टोल सुधार समितिको स्मारिकासमेत प्रकाशन गरेको छ । स्मारिकामा टोल सुधार समितिका गतिविधि, विभिन्न सर्जकहरुका सिर्जना, टोलभित्र अवस्थित सामाजिक संरचनाहरुको जानकारी र घरमुलीहरुको बिवरण समावेश गरिएको अध्यक्ष विष्णु भण्डारीले जानकारी दिए ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *