डडेल्धुरा बस दुर्घटना: मृत्यु हुनेको संख्या २५ पुग्यो

डडेलधुरामा बिहीबार भएकाे बस दुर्घटनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । डडेलधुराकाे  उग्रतारा देहीजात मेला हेरेर फर्किएको बस गन्यापधुरा गाँउपालिकाकाे रडुवामा सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हाे

दुर्घटनामा २० जना घाइतेको उद्धार गरि उपचारका लागी उपक्षेत्रीय अस्पताल पुर्‍याइएको प्रहरीले जनाएकाे छ । से १ प २९३ नम्बरको पिसजोन इङलिस बोडिङको बस ४ : ५० बजे दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, डडेलधुरा प्रहरी प्रमुख केसी सहितको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ । घटनास्थलमै रहेका प्रजिअ जोशीले उद्धार कार्य निकै चुनाैतिपुर्ण रहेकाे र मृतकको संख्या बढ्न सक्ने बताए । उद्धार गरिएका घाइतेहरुमध्ये धेरैको अवस्था चिन्ताजनक छ । बसमा डोटीको बान्डुसैन क्षेत्रका उग्रतारा मेला हेर्न आएका ४० भन्दा बढी स्थानीय थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *