हो पक्कै उनीले दु.खसंग थुप्रै सुखको सुखानुभुति संगाल्न पाए । आखिर आफ्नो जीवनका आधामै सगरमाथाको उचाई चुमेर हामी माझ विदा भए ।
प्रकाश दाहाल वा साकारलाई सम्झनु पूर्व वर्गीयमुक्ति आन्दोलनको त्यो अध्याय जतिवेला राज्य र विद्रोही शक्तिविच आक्रमण र प्रत्याक्रमणको घमासान लडाई जारी थियो । पार्टीका शिर्ष नेतृत्वहरु आधार इलाका प्रवेश भएका थिए । पार्टीको हेडक्वाटर क.प्रचण्ड लगायतका नेतृत्वहरुको सुरक्षा जिम्मा मध्यकमान्डको जनमुक्ति सेनाको सैन्य हेडक्वाटर तथा केन्द्रिय प्रतिस्थानले लिएको थियो । म सैन्य हेडक्वाटरको कम्यूनिकेशन तथा इन्टिलिजेन्ट विभागको काममा हुँदा प्रकाश दाहाल “साकार” दाईसंग मेरो पहिलो भेट २०६१ श्रावणमा आफ्नै बस्ती रोल्पाको राङसीमा भएको थियो । कमान्डर पासाङको प्रत्यक्ष कमान्डमा हेडक्वाटरको शक्तिशाली सुरक्षा घेरा तयार भयो । दोस्रो र तेस्रो घेरा त हुने नै भए । क.मिलन, म आफै अनि, क.प्रविण, क विश्व, क.संवेग, क.वृतान्त, क.विरात, क.चेतन, क.हासिललगायत बढीमा ११ र कममा ७ जना नघट्ने गरी अंग रक्षकहरुको भित्रि घेरामा मैले करिव २ वर्ष अध्यक्ष प्रचण्डसंग विताए कामको गोपनियता र आवश्यकतामा कहिलेकाहीं हामी बाहिर पनि निस्किनु पथ्र्यो जुन समय कम्तिको स्मरण योग्य रहेन ।
—कहिले हामी फुन्तिवाङ, कहिले हामी लावाङ र बाह्र बुँदे समझदारीवाट सात दलसंगको सहकार्यको यात्रा तय गर्ने मिटिङ चुनवाङ बैठक पुग्यौं ।
—कहिले हेडक्वाटरको क.लालध्वज (डा.बाबुराम भट्टराई)लगायतका शिर्ष नेतृत्वहरुसंगको वान टु वान मिटिङमा पनि कुद्यौ । जहा प्रकाश हामीसंगै रहन्थे ।
—उनले पार्टी केन्द्रको डकुमेन्ट, टाईप अनि प्रिन्ट गर्दथे । हेडक्वाटरको जनयुद्धकालिन सचिवालय वास्तवमा उनले एक्लै चलाउन सक्षम थिए । आधार क्षेत्रमा रहँदा उनी पूर्ण रुपले विजी रहन्थे । सञ्चारका साधनहरु सुचारु राख्ने र हेडक्वाटरमा भेटघाटमा आउने नेतृत्व तथा कमान्डरहरुसंग अध्यक्ष प्रचण्डको समय व्यवस्थित गर्दथे ।
—कमान्डरहरु कव्जा गरेको हतियार लिएर अध्यक्ष कहाँ भेट्न आउँथे हामीसंग कहिल्यै राम्रा हतियारको कमी रहेन । कमान्डरहरुले नयाँ हतियारबारे हामीलाई परिचय गराउथे क.साकारको पनि चासो हुन्थ्थो र धेरै हतियारबारे उनको पनि सामान्य ज्ञान मात्र नभई चलाउन सक्ने भएका थिए ।
—व्यक्तिगत रुपमा मेरो सम्वन्ध अति नै सौहार्द रह्यो । मेरो काम सेना अनि प्रहरीको सञ्चार सेटवाट हुने सूचनाको विश्लेषण र टिपोट, कोड डी कोड हुन्थ्यो । सुरक्षा चुनौती भएमा हेडक्वाटरलाई जानकारी गर्दथें अनि साकार दाई हेडक्वाटरको डकुमेन्ट तयार गर्ने हुँदा कहिलेकाहीं कम्यूटर, ल्यापटप हामीसंगै रहेर चलाउँथ्यौ पनि ।
—संगै हास खेल, अनि उठेको, बसेको र थुप्रै यात्रा भित्रका मीठा नमीठा पलहरु आज आएर यादगर हुन्छन । परिवर्तकारी युद्धमा उनको सहभागीता रहेन भन्ने कुनै ठाउँ छैन ।
—बाह्र बुँदे समझदारी पछि शान्तिपूर्ण राजनैतिक संक्रमणमा पनि उनको निरन्तर पार्टी हेडक्वाटरलाई साथ रहयो ।
—२०६२/६३ को जनआन्दोलन र बृहत शान्ति सम्झौता,
—२०६४ को संविधान सभाको पहिलो चुनाव अनि राजतन्त्रको अन्त्य ।
२०७० को संविधान सभाको दोस्रो चुनावमार्फत संघीय गणतन्त्र नेपालको संविधान २०७२ जारी हुँदाको बखतसम्म आउँदा देशमा थुप्रै राजनैतिक घटना भए । काठमाडौं प्रस्थान पछि व्यक्तिगत रुपमा मेरो साकार दाईसंग दैनिक समित्यता रहेन । वेला बखतको राजनैतिक भेटघाट छलफल र पारवारिक भेटघाट रह्यो नै ।
पछिल्लो समय खासगरी अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्री कार्यकालमा उनको खटाई र त्यो जिम्मेवारी बहन देख्दा निकै खुशी थिएँ । उनले मलाई पनि समय दिन्नथे कहिले काही अति जरुरी काम विशेषले भेट हँुदा मप्रतिको माया भाव प्रकट गरेर भन्थे— “फेमस दलालहरु पछि लाग्छन काममा नखटी भा’ छैन” । म त्यस्ता कुराबारे अति नै संवेदनशिल छु भन्ने कुरा उनलाई पनि राम्रो थाहा थियो नै । पछिल्लो समय मैले उनमा अलि अप्ठ्यारो र निरासपन महशुस गरेको थिएँ । मलाई सम्झना छ उनको निरासपनलाई कम गर्न भनेको थिएँ । “उच्च हावा उच्च शिखरमा वहन्छ भने झैं सम्पूर्ण अबसरवाद र प्रतिक्रियावादीहरु सल्बलाउनु स्वभाविक छ ।” लड्नुको विकल्प छैन । परिणाम ल्याउनुको विकल्प छैन । राज्यका संयन्त्रहरुलाई समय दिनुपर्छ, विश्वास दिनुपर्छ कामको लागि जिम्मेवार बनाउनु पर्छ । अनि परिणाम आउँछ निरास हुने छुट छैन, यस्तै सार्थक कुराहरु भयो । अध्यक्षको त्यो पछिल्लो प्रधानमन्त्रीत्व कार्यकालमा भएको सकारात्मक प्रगती, आर्थिक बृद्धि अन्य महत्वकांक्षी विकास निर्माणको कामहरुको प्रगती र कूटनैतिक कुशलता देख्दा पक्कै पनि केन्द्रीय नेतृत्वहरु अध्यक्ष प्रचण्डसंगै क. साकारको पनि मेहनत मिसिएको छ । त्यही मेहनतले हामी जस्ता देशप्रेमी समृद्ध राष्ट्र निर्माणको चाहाना राख्ने युवाहरुको मन छोएर क. साकार दाई हामी माझ विदा हुुनु भएको छ । उहाँको असमायिक निधन हुनु केही पहिले २०७४ मंसिर १ गते म पनि आफ्नो कार्य क्षेत्रवाट संयोगले काठमाण्डौ आएको रहेछु । उही पुरानो सम्झना भने जस्तै अल्पआयुमै उहाँको शवयात्राको अभागी यात्री कसरी सम्भव भयो ? यो उत्तर प्रकाश दाई अर्थात साकार दाई आफैंले लिएर जानु भयो । हामी र म जस्तै यूवाहरु अनुत्तरित छाैं ।
लाल सलाम ! !
उही जितेन्द्र पुन ‘फेमस’
(पूर्व जनमुक्ति सेना) नेपाल