अर्किड इन्टर्नेशनल कलेजको ओरियन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौं, २ मंसिर । अर्किड इन्टर्नेशनल कलेजले विएस्सी सिएस्आइटी, विआइ एम्, विसिए, विएस् डब्लु, विविएम्का नयाँ विद्यार्थीहरुका लागि स्वागत तथा ओरियन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गोकर्ण स्थित नर्लिङ्ग रिर्सोटमा भएको थियो ।
कार्यक्रममा कलेजका प्रधानाध्यापक, क्याम्पस प्रमुख, प्रोग्राम कोअर्डिनेटर, शिक्षक एवम् विद्यार्थीहरुले आफ्नो विचार व्यक्त गरेका थिए ।
प्रधानाध्यापक विदुर दाहालले विद्यार्थी जीवनमा सफल हुनका लागि नियमितता, अनुशासन, समयको महत्व, सकरात्मक सोच, परीश्रम र धैर्यता आवश्यक रहेको कुरा व्यक्त गरेका थिए ।
क्याम्पस प्रमुख पुरुसोत्तम शर्माले डार्विन सिद्धान्त (Survival of fittest) को उदाहरण दिंदै विद्यार्थी प्रतिशप्रदी हुनको लागि प्रेरित गरेका थिए ।
प्रोग्राम कोअर्डिनेटर विजय मिश्रले नयाँ विद्यार्थीलाई स्वागत गर्दै, विद्यार्थीहरुलाई आफ्नो समयको सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताएका थिए । बोल्ने क्रममा उनले कलेज आउँदा विद्यार्थीले पालन गर्नुपर्ने नियमहरुको बारेमा पनि जानकारी दिएका थिए ।
शिक्षकको तर्फबाट प्रेस्ता उदासले शिक्षक र विद्यार्थीबीच हुनुपर्ने सम्बन्धको बारेमा स्पष्ट पारेकी थिइन् ।
विद्यार्थीको तर्फबाट कलेजमा अध्ययनरत ओजस्वी, पुजा ओझा लगायतले आफुले अर्किड कलेज आएर बटुलेका अनुभवहरु सुनाएका थिए । आउने नया विद्यार्थी साथीहरुसँग सुमधुर सम्बन्ध हुनुपर्ने बताएका थिए ।
विद्याथीहरुले विभिन्न सांगितीक प्रस्तुतीहरु देखाएर सबैलाई मनोरन्जन प्रदान गरेका थिए ।
पछिल्लो समय देशमा बढीरहेको बलात्कार तथा यौनहिंसाका घटनालाई मुख्य विषय बनाएर प्रेरणादायी गिती नाटक प्रस्तुत गरेका थिए । नाटक मार्फत कलाकारहरुले यौनहिंसाका विरुद्ध सबैलाई एकजुट हुन आग्रह गरेका थिए । नाटकले जस्ले सबैको ध्यानाकर्षण गरेको थियो ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *