विश्व फुटबलका नयाँ बादसाह ‘एमबाप्पे’

एजेन्सी-  फ्रान्सका मुुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले स्टार खेलाडी किलियन एमबाप्पेमा असाधारण क्षमता भएको बताएका छन् । उनले भने, “किलियन असाधारण खेलाडी हुुन् । उनको खेल तथ्याङ्कले यही बताउँछ । उनी अत्यन्तै मेहनती पनि छन् । उनले क्लब र फ्रान्सका लागि गरेका गोल र प्रयास हेरे उनलाई बुुझ्न प्रयाप्त हुुन्छ ।”
विश्व विजेता फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले एमबाप्पेको प्रशंसमा थपे, “उनी युुवा खेलाडी हुुन् । जो क्षणभरमै राम्रो मुुभ बनाउन सक्छन् । उनी पेरिस सेन्ट जर्मन (पीएसजी) र फ्रान्सेली राष्ट्रिय टोलीको आक्रमणका मुख्य हतियार हुुन् ।”
एमबाप्पे थोरै स्पेसमा पनि खुुलेर खेल्न सक्ने खेलाडी भएको बताउँदै डेशच्याम्पसले उनको प्रदर्शन प्राकृतिक रहेको बताए । नोभेम्बर १६ मा नेशन्स लिगमा नेदरल्याण्ड्ससँग खेल्ने तयारीमा रहेका डेसच्याम्पसले एमबाप्पेको प्रदर्शनले उचाई लिइरहे पनि उनमा थप सुधारको सम्भावना रहेको बताए ।
“पक्कै पनि उनले आफ्नो खेल सुुधारिरहेका छन् । उनी पहिलेदेखि नै प्रभावकारी खेलाडी हुुन् । तर उनमा अझै धेरै सुधारको सम्भावना छ, किनकी उनी अत्यन्तै कम उमेरका मेहनती खेलाडी हुन् ।”

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *