दुई हजार शरणार्थीको भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु

जेनेभा– सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको संख्या दुई हजार पुगेको राष्ट्रसंघले मंगलबार जनाएको छ।

मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो।

‘गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस वर्ष मृत्यु हुनेको संख्या २ हजार भन्दा बढी भएको हो,’ राष्ट्रसंघ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेले बताए। 

उनले यस वर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको संख्या १ लाख ५ हजार व्यक्ति रहेका बताए। यस वर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको संख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ।(रासस/एएफपी)

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *