पिपिएल फाइनल: पोखरा सामु चितवनको १६१ रनको टार्गेट

काठमाडौ- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ६१ रनको लक्ष्य दिएको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे। रासिद खानबाट रनआउट हुनुअघि पारसले ३७ बलमा ९ चौका प्रहार गरे। अनिलकुमार साहले ब्याटिङमा आएको बल रासिदको खुट्टामा लागेर विकेट ढलेपछि पारस आउट हुन पुगेका थिए। पारसले अनिलसँग दोस्रो विकेटका लागि ११ ओभर खेलेर ७६ रनको साझेदारी गरेका थिए। अनिल ३७ रन जोडेर आउट भए। मोहमद नावेदको बलमा बोल्ड हुनुअघि उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि अर्का ओपनर हरिशंकर साहलाई पोखराका ललितनारायण राजवंशीले ८ रनमा आउट गरेका थिए।  सनी पटेलले २१ बलमा ४३ रन जोडेपछि चितवनको इनिङले रफ्तार लिएको थियो। कृष्ण कार्की बलको बलमा आउट हुनुअघि उनले ३ चौका र ४ छक्का प्रहार गरे। आरिफ शेखले ११ बलमा १ छक्काको मद्दतमा नटआउट १४ रन जोडे।

बलिङतर्फ पोखराका कृष्ण कार्कीले २ विकेट लिए। उनले अन्तिम ओभरमा सनी पटेल र करण केसीलाई आउट गरेका थिए। ललितनारायण राजवंशी र मोहमद नावेदले १-१ विकेट लिए। दुवैले ४-४ ओभरमा १८-१८ रन खर्चिए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *