पिपिएल फाइनल पारस भर्सेस सरद

काठमाडौ – चितवन राइनोजका कप्तान पारस खड्काले पोखरा पीपीएल को फाइनल रोमाञ्चक हुने विश्वास लिएका छन् । प्रतियोगिताका दुई राम्रा टोलीले फाइनलमा स्थान बनाएकाले मंगलबार पोखरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुने पारसको विश्वास छ । “पीपीएलका दुुई राम्रो टिम फाइनलमा पुुगेका छन् । पहिलो संस्करणको फाइनल खेल हेर्न दर्शकहरु मैदानसम्म आउने विश्वास लिएका छौं,” राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका पारसले थपे, “नयाँ ठाउँमा नयाँ पहिचान बनाउन सकेका छौं ।”

पारसको चितवन राइनोजले मंगलबार ११ बजे पोखरा रंगशालामा घरेलु टोली पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ । पोखरा पल्टनलाई शरद भेषावकरले कप्तानी गरिरहेका छन् । नेपालमा हुने ट्वान्टी–२० लिगमा प्राय पारस र शरदले कप्तानी गरेको टोलीले फाइनल खेलिरहेका छन् । पीपीएलमा पनि त्यस्तै भयो ।

चितवनले लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्समाथि अन्तिम ओभरमा रोमाञ्चक विजय हासिल गरेर इलिमिनेटरमा स्थान बनायो । इलिमिनेटरमा चितवनले काठमाडौं रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

“यसअघि के भएको थियो भन्ने होइन । हामीले अन्तिम चार खेल राम्रो खेलेका छौं । फाइनल खेलमा पनि त्यही मुुमेन्टमलाई कायम राख्ने छौं,” शरद भेषवाकरको टोलीबीच फाइनल खेल हुने बारे चितवनका कप्तान पारसले भने, “पटक पटक शरदको टिमसँग फाइनल खेल्नुु संम्योग मात्रै हो । लगातार चार खेल जितेर फाइनल पुगेकाले टिमभित्र राम्रो माहौल बनेको छ । उपाधि जितेर चितवन लान सकौं भन्ने छ ।”

पोखरा पल्टनका कप्तान शरद भेषवाकरले लक्ष्यमा पुग्नका लागि एक खेलमात्र बाँकी रहेको बताए । “जुुन उद्देश्यले पोखरा आएका थियौं त्यसका लागि अब एक खेल बाँकी छ । घरेलुु टोलीको नेतृत्व गर्न पाउँदा खुसी लागेको छ । घरेलुु दर्शकको साथ पाइरहेका छौं,” पारसको टोलीविरुद्ध खेल्नेबारे पोखराका कप्तान शरदले भने, “पारसको चितवनविरुद्धको खेललाई मात्र अर्को एक खेलका रुपमा लिएका छौं ।”

लिग चरणमा पोखराले चितवनलाई ५ विकेटले पराजित गरेको थियो । पारस र शरद फाइनलमा आमनेसामने हुन लागेको यो पहिलो पटक होइन । यसअघि एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा पनि पारस र शरदको टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । २०१७ को धनगढी प्रिमियर लिग २०१८ को एभरेष्ट प्रिमियर लिगमा पनि पारस र शरदको टोलीले फाइलनमा प्रतिस्पर्धा गरेका थिए । दुुवै खेलमा पारसको टोलीले विजय हासिल गरेको थियो ।

फाइनलमा प्रभाव पार्नसक्ने सम्भावित खेलाडी

सन्नी पटेल, चितवन राइनोज
चितवन राइनोजले लगातार चार खेलमा विजयी नतिजा निकाल्दा सन्नी पटेलले उल्लेख्य भुमिका खेलेका थिए । पटेले आफ्नो मुख्य लक्ष्य उपाधि जिताउनु भएको बताएदै आएका छन् । सन्नी पटेलले ६ खेलमा १ सय ५१ रन बनाएका छन् भने बलिङतर्फ ९ विकेट लिएका छन् ।
करण केसी, चितवन राइनोज
तिब्र गतिका बलर करण केसी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । करणले ६ खेलमा ११ विकेट लिएका छन् । बलिङमा प्रभाव छाडेका करण अलराउन्ड प्रदर्शन गर्न सक्छन् । टोलीलाई आवश्यक परे करण ब्याटिङमा पनि उत्तिकै दख्खल राख्छन् ।

हरिशंकर शाह, चितवन राइनोज
ओपनर ब्याट्म्यान हरिशंकरले चितवनलाई राम्रो शुरुआत दिएका छन् । चितवनले लगातार चार जित निकाल्दा हरिशंकरले तीन खेलमा राम्रो ब्याटिङ गरेका थिए । दुुई खेलमा लगातार २ अर्धशतक बनाउँदै टोलीलाई टोलीलाई राम्रो सुरुआत दिए । प्रतियोगितामा हरिशंकरले गरेको प्रदर्शनबाट राष्ट्रिय टोलीमा स्थान बनाउने अनुमान गरिएको छ । उनले ६ खेलमा १ सय ४३ रन बनाइसकेका छन् ।

रवि इन्दर सिंह, पोखरा पल्टन
रवि इन्दर भारतीय खेलाडी हुन् । उनी पोखरा पल्टनको इनिङ सम्हाल्ने ब्याट्सम्यान बनेका छन् । रवि इन्दरले पछिल्ला ६ खेलमा १ सय ७० रन बनाइसकेका छन् । लयमा देखिएका रवि इन्दर खेललाई वातावरण अनुुकुुल परिवर्तन गर्न सक्ने खेलाडी हुुन् ।

आसिफ शेख, पोखरा पल्टन
यु–१९ टोलीको कप्तानी गरेका आसिफ शेख पनि लयमा देखिएका छन् । आसिफले ५ खेलमा १ सय ११ रन बनाइ सकेका छन् । उनले फाइनलमा लिग चरणको लयलाई कायमै राख्ने अपेक्षा गरिएको छ ।

ललितनारायण राजवंशी
राष्ट्रिय टोलीका भरपर्दा बलर ललितनारायण पोखराको जितमा पनि नायक बन्न सक्ने खेलाडी हुुन् । उनले ५ खेलबाट ९ विकेट लिइसकेका छन् । प्रतियोगितामा धेरै विकेट लिनेमध्ये उनी तेस्रो स्थानमा छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *