आज काग तिहार: काग सम्बन्धि केहि रोचक तथ्य जान्नुहोस

आज काग तिहार । कागलाई पूजा गर्ने र मिठो खानेकुरा ख्वाउने प्रचलन छ । धार्मिक कथन अनुसार कागलाई यमराजको दुत मानिन्छ । त्यसो त कागसँग जोडिएका अनेक रमाइला प्रसंग छन् । कागलाई अन्य धर्ममा पनि भिन्न भिन्नै रुपमा चित्रित गरिन्छ ।

एकातिर हामी कागलाई पूजा गर्छौं भने अर्कोतिर काग कराउनुलाई अशुभ संकेत मान्ने चलन पनि छ । काग, जसलाई हामीले उति महत्व र संरक्षण दिएका छैनौं । हुन त यो पंक्षी अहिले लोपोन्मुख अवस्थामा छैन । न दुर्लभ नै । विश्वको हरेकजसो कुनामा काग पाइन्छ भनिन्छ । वास्तवमा कागलाई पर्यावरणसँग पनि जोडेर हेरिन्छ । यो सर्वभक्षी पंक्षीले पर्यावरण रक्षामा राम्रो भूमिका खेल्ने बताइन्छ । अतः यहाँ कागसँग जोडिएका रोचक तथ्य पेश गरेका छौं ।

करिव चालिस प्रकारको काग पाइन्छ । यिनीहरुको आकारप्रकार भिन्न भिन्नै हुने गर्छ ।

– रेवन एक प्रकारको काग हो, जो सामान्य कागको तुलनामा ठूलो हुन्छ ।

यसको आवाज पनि धेरै कर्कश हुन्छ ।

– अन्टार्टिका बाहेक विश्वको हरेक कुनामा काग पाइन्छ ।

– एक काग करिब १४ बर्षसम्म बाँच्छ ।

– काग अहिलेसम्म पनि ठूलो संख्यामा पाइन्छ । खुसीको कुरा त के भने, अहिले पनि यो विलुप्त हुने खतरामा छैन ।

– काग अलग-अलग धार्मिक कुरा र प्रथासँग जोडिएको छ ।

– कागलाई चालु प्रवृत्तिका भनिन्छ ।

– कागमा बदलाको भावना धेरै लामो समयसम्म रहन्छ ।

– जवान कागले, आफ्नो आमाबुबालाई सानो कागको रेखदेखमा सहयोग गर्छ ।

– यो पंक्षीले अन्य जनवार, मानिसको नक्कल गर्न सक्छ ।

– काग आफ्नो साधरण आवाज बाहेक पनि एक अलग भाषामा कुरा गर्छ । यो भाषा उनीहरुले अक्सर अन्य कागलाई खतराको संकेत दिन पनि प्रयोग गर्छ ।

– कुनैपनि शिकारीसँग जुध्नका लागि कागहरु एकजुट हुने गर्छ ।

– कागको मस्तिष्क मान्छेको मस्तिष्क जस्तै हुन्छ ।

– कागको मस्तिष्क धेरै विकसित हुन्छ । यसको मतलब के भने, काग बुद्धिमान हुनछ ।

– जब एउटा काग मर्छ, अन्य कागले त्यसको आसपासको परीक्षण गर्छ । त्यहाँ कुनै खतरा छ वा छैन भन्नका खातिर कागले त्यसको परीक्षण गर्छन् ।

– कागको वैज्ञानिक नाम कोरवस ब्रैचिरहिन्कोस् हो ।

– मेक्सिकोको बौना जे यस दुनियाँमा पाइने सबैभन्दा सानो प्रजातिको काग हो । यको तौल केवल ४० ग्राम हुन्छ । यसको लम्बाई २१ दशमलव ५ सेन्टिमिटर भन्दा बढी हुँदैन ।

– काग धेरै पुरानो पंक्षी हो ।

– कागले मान्छेको अनुहार पहिचान गर्न सक्छ ।

– काग सर्वहारी हुन्छ । यसले सबै कुरा खान्छ ।

– जिमी द रेवेन नामको एक प्रशिक्षित कागले सन् १९३४ र १९५४ को बीच एक हजारभन्दा बढी फिचर फिल्ममा भाग लिएको थियो ।

– कागले आफ्नो पुरा जीवनका लागि केवल एक जीवनसाथी बनाउने गर्छ । जन्मिएको दुई बर्षसम्म कागमा यौन परिपक्कता आएको हुँदैन ।

– इजरायलमा केही कागले रोटीको टुक्रालाई चारोको रुपमा माछालाई कसरी ख्वाउने भनेर सिकेका हुन्छन् ।

– प्रशिक्षण विना नै कागका केही प्रजातिले एक उपकरण खोज्न सक्छ, ताकि त्यसले उनीहरुलाई भोजन खोज्नका लागि सहयोग गर्छ ।

– स्विडेनमा कागलाई मृत्त व्यक्तिको आत्मा मानिन्छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *