स्थापित बर्खास्तीको भित्री कारण प्रदेश राजधानी सम्बन्धि विवाद

काठमाडौ- प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्री केशव स्थापितको बर्खास्तीको भित्री कारण प्रदेशको स्थायी राजधानीको बिषयमा उठेको विवाद रहेको खुलेको छ ।प्रदेश राजधानीकै विषयलाई लिएर स्थापित र पौडेलबीच टकराव शुरु भएको थियो। मन्त्री पदको सपथ लगत्तै केही जिल्लाको कार्यक्रममा हेटौंडाबाट चाँडै राजधानी सार्ने बताए पछि उनको मुख्यमन्त्री पौडेलसँग दुरी बढ्न शुरु भएको थियो।

मुख्यमन्त्री पौडेल अस्थायी राजधानी रहेको गृह जिल्लाको हेटौडालाई नै स्थायी राजधानी तोक्नुपर्नेमा दृढ थिए। तर स्थापितले काभ्रेतिरै राजधानी सारेरै छाड्ने अभियानमा लबिङ गर्दै आएका थिए। बिज्ञहरु काठमाडौंमै बस्ने भएकाले विकासबारे छलफल गर्न नपाएको भन्दै स्थापितले पटकपटक गुनासो गर्दै भन्थे,‘मुख्यमन्त्रीले यही मन्त्रालय (हेटौंडा) मै मात्र बसेर काम गर्नु भन्नुहुन्छ।’ त्यसैले उनी हेटौंडामा लोखर्के गनेर समय कटाउनु परेको भन्दै चर्चामा आएका थिए।

विभिन्न जिल्लामा पुगेर मुख्यमन्त्री पौडेलविरुद्ध सांसद र स्थानीय नेतासँग छलफल गरेको मुख्यमन्त्री पौडेल पक्षको आरोप छ। तर स्थापितले भने सबैभन्दा बढी बजेट भएकाले जस आफुले नपाउँने भएपछि मुख्यमन्त्री आत्तिएर त्यस्तो आरोप लगाएको दाबी गरे।

त्यस्तै, पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिराजपथ, धरान–चतरा–हेटौंडा लोकमार्गगरि चार वटा राजमार्ग र छोटो दुरीको हेटौंडा–काठमाडौं सडकको संगम स्थल भएकाले हेटौंडामा २५ मिटर सडक विस्तार गरिहाल्नुपर्ने पक्षमा स्थापित थिए। तर मानव शहर भन्दै राजमार्ग शहर बाहिरबाट विस्तार गर्नुपर्ने अभियानका नेतृत्व गरेका पौडेल भने २५ मिटर सडक विस्तार गरेर घरहरु भत्काउन नहुने पक्षमा थिए।

त्यसो त दुवै मन्त्रीको स्वभाव हठी भएकाले पनि विवाद उत्कर्षमा पुर्याउन मलजल पुगेको श्रोतको भनाई छ। स्थापित मुख्यमन्त्रीको निर्देशनलाई अटेर गरी आफ्नै सुरमा काम गर्ने र आफैंलाई बरिष्ठ ठान्ने गरेको श्रोतले दाबी गरेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *