दाेलखाकाे कालिन्चाेक मन्दिरमा शुरु भयाे केवलकार

काठमाडौ – दोलखाको कालिञ्चोक गाउँपालिका स्थित निर्माणाधिन कालिञ्चोक केबुलकार आज देखी व्यवसायिक रुपमा सञ्चालनमा आएको छ ।
केबलकार सञ्चालनमा आएपछि कालिञ्चोक हुँदै आवतजावत गर्ने दर्शनार्थी र पर्यटकहरुलाई सहज हुने भएको छ । कालिन्चोक केबलकारको ४ वटा कारहरु रहेका छन् भने एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्छन् । कालिञ्चोक दर्शन लिमिटेडले साँढे २ वर्ष अघि निर्माण सुरु गरेको कालिञ्चोक केवुलकार करिव ४५ करोड लागतमा सम्पन्न हुन लागेको कालिञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले ग्लोबल खबरलाइ जानकारी दिए ।
कालिन्चोक केवुलकार निर्माणको काम अहिलेसम्म ९७ प्रतिशतसम्पन भइसकेको छ । केबलकारको सफ्टवेयर मिलाउने काम भइरहेको छ । अधिकृत शिवाकोटीका अनुसार केबलकार सञ्चालनमा आएपछि सर्वसाधरण नागरिकले ५ सय शुल्क तिरेर चढ्न पाउने छन् । कालिञ्चोक क्षेत्रका बासिन्दालाई भने केही छुट हुने उहाँले बताउनुभयो । स्वीस टेक्नोलोजीबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको छ । डबल सिस्टमको कार २ वटा रोकेर २ वटा मात्रै चलाउन मिल्ने कालिञ्चोक केवलकारले जनाएको छ ।
केबुलकार निर्माण गर्दा पर्यटकीय स्थल अर्थात धार्मिक स्थल कालिञ्चोकमा सुन्दरतामाथि क्षति पुगेको र संरक्षणमा ध्यान नदिएको भन्दै स्थानीयले आलोचना गर्दै आएका बेला कालिञ्चोक केबलकारका अध्यक्ष बालकृष्ण शिवाकोटीले भने कालिञ्चोकको सौन्दर्यतामा केही ह्रास नआएको दावी गरेका छ्न । कालिञ्चोकको सौन्दर्यतालाई विगार्दा केवलकारपनि व्यवसायिक रुपमा सञ्चालन हुन नसक्ने भएकाले यसको संरक्षण जरुरी रहेको उहाँले तर्क गर्नुभयो । केबुलकारका सञ्चालनमा आएपछि दोलखाको पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *