मौसम फेरियो अब सरकारको गियर फेरिन्छ: प्रचण्ड

काठमाडौं – नेकपाका  अध्यक्ष प्रचण्डले सरकार तीन नम्बर गियरमा चल्ने दाबी गरेका छन्।

५ नम्बर प्रदेश ले वुटवलमा गरेको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले वर्षाका कारण सरकार १ नम्बर गियरमा चल्नुपर्ने बाध्यता रहेको बताएका थिए। हिलोका कारण सरकारको काम ढिलो भएको बताउँदै उनले भने ‘३ नम्बर गियर चलाउन हिलोले नमिल्ने थियो।’

सर्वसाधारणलाई थप आश्वत पार्दै उनले भने, ‘मौसम फेरिएको छ, गाडी अब २/३ नम्बर गियरमा चल्छ। गाडी फूल वेगमा गुड्नेवाला छ, कसैले रोक्न सक्नेवाला छैन।’

नेपाली कांग्रेसप्रति आक्रोशित प्रचण्डले तत्कालीन गृहराज्यमन्त्री देबेन्द्रराज कँडेलकोे बोलीलाई स्मरण गर्दै भने, ‘टाउको काटेर ल्याउनलेलाई ५० लाख दिने भन्नेहरु यिनै मान्छे होइनन् र?’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चौध वर्षको कारावास र आफ्नो १४ वर्ष वनवासले वर्तमान उपलब्धि प्राप्त गरेको दाबी गरे। ठूलो संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले भने, ‘जाली फटाहाहरुले माया गरेर दिएको हो र ? प्राप्त उपलब्धिहरु कुनै साम्राज्यवादी र प्रतिक्रियावादीले माया गरेर दिएको होइन।’

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *