विविएम उत्कृष्ट विषय : शरद न्यौपाने

ललितपुको लगनखेलमा अवस्थित पिनाकल कलेज नेपालकै स्थापित शैक्षिक संस्थाको रुपमा परिचित छ । स्थापनाकालदेखी कलेजको नतिजामा समेत उत्कृष्टता देखिन्छ । सानो टिमबाट संचालित पिनाकल कलेजले दुइ दशकभन्दा लामो समय पार गरिसकेको छ । टिमस्प्रिट र सबल नेतृत्वका कारणले गर्दा नै ललितपुर जिल्लाको अग्रणी शैक्षिक संस्थामा पिनाकल कलेजको नाम लिने गरिन्छ । यसैबर्ष यस संस्थाले त्रिभुवन विश्वविद्यालयबाट बीबीएम विषयको सम्बन्धन प्राप्त गरेको छ ।
शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा दिएर उच्च स्थान स्थान हासिल गर्न सफल भएको पिनाकल कलेजले यस वर्षबाट वीवीएम संकायको अध्यापनको लागि त्रिभुवन विश्वविद्यालयबाट स्वीकृती लिएर सञ्चालनमा ल्याउने भएको छ ।
समय सापेक्षको शिक्षालाई मध्यनजर गरी यस संकायका पिनाकल कलेजले यो विषय अध्यापन गर्न लागेको हो । भारतमा सफल भएर त्रिविले आफ्नो मातहतका शैक्षिक संस्थाहरुलाई दुई वर्ष सञ्चालन गर्न दिएर प्रभावकारी भएकोले देशभरका झण्डै ५० वटा निजी कलेजहरुलाई सञ्चालन गर्न अनुमति दिएको छ ।
हामी ललितपुरका उत्कृष्ट कलेजको रुपमा स्थापित भएकोले गर्दा हामीले यो विषय स्वीकृति पाउन सकेका हौँ । हामीलाई ४४ जनाको कोटा परेको छ । यो विषयले अध्यापनमा प्रविधि लगायत विविध पक्षलाई पनि समेट्ने भएकोले गर्दा अध्ययनपश्चात् विद्यार्थीहरुलाई रोजगारीको सजिलै अवसर मिल्न सक्नेछ । अहिलेको सयममा यस विषयको स्कोप धेरै नै रहेको छ ।
पाठ्यक्रम र स्कोपलाई हेर्दा अन्य ब्यवस्थापनका बिषय भन्दा यस विषय प्रभावकारी रहेको देखिन्छ । स्नातक तहमा रहेको यस विषयलाई ४ वर्षे कोर्ष बनाइएको छ भने सेमेष्टरगत रुपमा कक्षा सञ्चालन गरिनेछ । पिनाकलले यो विषय अध्यापनका लागि सबै तयारी पनि पुरा गरिसकेको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *