माथिल्लो तामाकोसी सेयर निष्कासन यसरी दिनुहोस् आवेदन

काठमाडौं – बहुप्रतिक्षित ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत् आयोजनाको प्राथमिक सेयर निष्काशन (आईपीओ) खरिदका लागि सर्वसाधारणले पनि आवेदन दिन सक्ने भएका छन् । बिहीबार प्रकाशित सूचनाअनुसार सर्वसाधारणले माथिल्लो तामाकोशी हाइड्रोपावरको १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ताका लागि आवेदन दिन पाउने भएका हुन् ।

दोस्रो चरणमा माथिल्लो तामाकोशी हाइड्रोपावरको चुक्तापुँजीको १५ प्रतिशत अर्थात् १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्तामध्ये सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिने ५ प्रतिशत अर्थात् ७ लाख ४ हजार २ सय ५० कित्ता सेयर छुट्याएर १ करोड ५० लाख ९० हजार ७ सय ५० सकत्ता सेयर सर्वसाधारका लागि निष्कासन तथा बिक्री खुल्ला भएको हो । लगानीकर्ताले यही सेयर खरिदका लागि आवेदन दिन सक्ने आयोजनाले जनाएको छ । सर्वसाधारणले प्रतिव्यक्ति ५० देखि १००० कित्ता सेयरसम्मका लागि दरखास्त दिन पाउनेछन् ।

आयोजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष र सह–निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले लगानीकर्ताले कात्तिक १५ (बिहीबार) देखि छिटोमा कात्तिक १९ र यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरे ढिलोमा मंसिर १४ गतेसम्म आवेदन दिनसक्ने बताएको छ ।

आईपीओको आवेदन धितोपत्र बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाट दिन सकिने छ । मेरो सेयरका प्रयोगकर्ताले भने अनलाईबाटै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

यसरी दिनुस् आवेदन

– सर्वसाधारणले न्यूनतम ५० कित्ता (५ हजार रुपैयाँ) र अधिकतम १ हजार कित्ता (१ लाख रुपैयाँ) को सेयरको आवेदन दिन सकिनेछ ।

– कुनै पनि नेपाली नागरिकले सेयर खरीद आवेदन दिन सकिनेछ । यसअघि आवेदन दिइसकेका दोलखावासी भने यस प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

– आवेदकले सि–आस्बा प्रणालबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत् आवेदन दिन सकिने छ ।

– आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गई सी–आस्बा फरम भरेर सि–आस्बा रजिस्टे«ेसन नम्बर (सीआरएन) लिनुपर्ने छ ।

– आवेदकले बैंक खातामा भएको विवरण र धितोपत्र निष्कासनको केन्द्रीकृत विद्युतीइ सेवा कार्य सञ्चालन निर्देशिका, २०७४ को अनुसुची ४ मा उल्लेख गरिएको विवरण मिल्नुपर्ने छ ।

– सीआरएन प्राप्त गरेपछि सेयर खरिदका लागि तोकिएको ढाँचामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा धितोपत्र खरिदको आवेदन दिनुपर्छ ।

– आवेदकले आवेदन फारममा उल्लेख गरेको हितग्राही परिचय नं. र अन्य विवरण सि–आस्बा सफ्टवेयरमा रहेको आवेदकको हितग्राही खाता र अन्य खाता विवरणसँग रुजु हुनुपर्ने छ ।

– आवेदकले आवेदन दिंदा सि–आस्बा सदस्य बैंकमा रहेको आवेदनवापतको रकम रोक्का राखिने खाता अन्य कुनै प्रकारले रोक्का रहेको वा निष्क्रिय रहेको हुनुहुँदैन ।

– खातामा आवेदन दिएको बरारबरको रकम हुनुपर्ने छ ।

– एक व्यक्तिले चाहेको सेयर संख्या उल्लेख गरि एउटा मात्र आवेदन गरेको हुनुपर्छ । त्योभन्दा बढी भए सबै आवेदन रद्द हुनेछ ।

– बाँडफाँट भएपछि आफ्नो भागमा परेको सेयर निवेदकको हितग्राही खातामा जम्मा हुने भएकाले आवेदकदे हिग्राही खाता नं. आवेदन फारमा स्पष्ट रुपमा उल्लेख गरेको हुनुपर्ने छ ।

– स्पष्ट नभएको आवेदन फारम तथा त्यसमा उल्लेख हितग्राहीको खाता नाम र नम्बर सीडीएससीको अभिलेखमा फरक परेमा सो फारम रद्द गरिने (बाँडफाँडमा संलग्न नगराइने) छ ।

– फारममा आफ्नो खाता रहेको क्लियरिङ हाउसको सदस्य रहेको बैंक तथा वित्तीय संस्थाको नाम र खाता नम्बर अनिवार्य उल्लेख गरेको हुनुपर्दछ ।

– ‘मेरो सेयर’ सफ्टवेयर प्रयोगकर्ताले सोही एपमार्फत् आवेदन दिन सक्नेछन् । त्यसका लागि आवेदकले हितग्राही खातामा बैंकका खाता विवरण उल्लेख गरेको हुनुपर्छ र सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट सीआरएन नं. लिइसकेको हुनुपर्छ

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *