धरापमा मन्त्री केशव स्थापितको कुर्सी

काठमाडौ– अमर्यादित भाषा प्रयोग गरेको आरोप लगाएका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने तयारी गरेका छन्।

स्थापितलाई हटाउने विषयमा नेकपा नेतृत्वसँग परामर्श गर्न पौडेल बिहीबार काठमाडौं आउन लागेका छन्।

बुधबारको मन्त्रिपरिषद् बैठकमा पौडेललाई स्थापितले अमर्यादित व्यवहार गरेको  प्रदेश ३ का एक मन्त्रीले सेतोपाटीलाई बताए।

‘केशवजी अभ्रद तरिकाले प्रस्तुत हुनुभयो। उत्तेजनामा आउनुभयो। अशिष्ट, अमर्यादित भाषा प्रयोग गर्नुभयो’, ती मन्त्रीले सेतोपाटीसँग भने, ‘मन्त्रीहरू सबै पार्टीले चयन गरेको हो। पार्टीको सरकार भएकाले मुख्यमन्त्रीले नेतृत्वसँग छलफल गरेर निर्णय लिनुहुन्छ।’

मन्त्रिपरिषद् बैठकमा बजेट आएको तीन महिना पुगेकाले समीक्षा गर्ने विषय उठेको उनले बताए।

‘बजेट कार्यान्वयन भएन। काम भएन भन्ने कुरा भैराखेको थियो’, ती मन्त्रीले भने, ‘उहाँको के समस्या थियो कुन्नी एकाएक चर्को स्वरमा अमर्यादित ढंगले प्रस्तुत हुनुभयो।’

उनले बैठकमा स्थापितले मुख्यमन्त्रीलाई ‘च्यालेन्ज’ गरेको बताए।

‘एक जनालाई नेता मानेर हामी सरकारमा बस्छौं। केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री’, ती मन्त्रीले भने, ‘उहाँको राय नमिले राजीनामा दिनुपर्थ्यो। मन्त्री नै अर्मयादित र अराजक ढंगले प्रस्तुत हुँदा सरकार चल्न सक्दैन। त्यसैले मुख्यमन्त्रीले पार्टीसँग छलफल गर्नुहुन्छ।’

यसअघि मन्त्री स्थापितमाथि दुई पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएपछि उनले पछिल्लो समय सार्वजनिक आलोचना खेप्दै आएका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *